ठाँटीमा बृहत् अन्तरपालिका स्तरीय पुरूष भलिवल प्रतियोगिता शुरू

सुर्खेत  :  सुर्खेतको चिङ्गाड गाउपालिका स्थित ठाँटीमा बृहत् अन्तरपालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता शनिबारदेखि सुरू भएको छ । कात्तिक पूर्णिमाको दिन हरेक बर्ष लाग्ने ठाँटी मेलाको अवसरमा हरेक बर्षजस्तै यश बर्ष पनि प्रतियोगिताको आयोजना गरिएको हो ।

ठाँटी बजार व्यवस्थापन समितिले आयोजना गरेको सो प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष देव बहादुर चन्दले उद्घाटन गर्नुभएको छ । दस टिमको सहभागिता रहेको प्रतियोगितामा नक कम लिक आउटका आधारमा खेलाईने रेफ्री अमर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार, द्वितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार ३० हजार रहेको आयोजक ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष महेश जिसी जानकारी दिनुभयो । प्रतियोगिता ६ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको पहिलो दिन ४ वटा खेल भएका छन्। मटेला ब्वाइजले बिचार आदर्श क्लबलाई पराजित गरेको छ । यस्तै दोस्रो खेलमा आयोजक चिङ्गाड गाउपालिकाले शिवालय गाउँपालिकालाई पराजित गर्यो । भगवतीमाई युवा क्लब र वीरेन्द्रनगरबी भएको खेलमा वीरेन्द्रनगरले जितेको छ भने सिम्ता गाउँपालिकालाई लेकवेशी नगरपालिकाले हराएको छ ।

ठाँटीमा बृहत् अन्तरपालिका स्तरीय पुरूष भलिवल प्रतियोगिता शुरू

जुम्लाको पातारासीमा जिप दुर्घटना, एकको मृत्यु ९

ठाँटीमा बृहत् अन्तरपालिका स्तरीय पुरूष भलिवल प्रतियोगिता शुरू

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *