कोरोना भाईरसको महामारीवाट जोगिन नागरिक भूमिका

राजेन्द्र विक्रम शाह/जाजरकोट

अहिले विश्व कोरोना भाइरसको प्रकोपवाट प्रताडित छ । डिसेम्वर २०१९ मा चीनको वुहान प्रान्तवाट शुरु भएको कोरोना भाईरसको प्रभाव प्रवेश विन्दू चीनमा नयां संक्रमण दर घट्दै आएको र विश्व भरी फैलिएको छ, मुख्य प्रभाव क्षेत्र यूरोप, अमेरिका र मध्य पूर्व वन्दै गएको छ र विभिन्न उतार चढाव सहित फैलने क्रममा छ । नेपालमा यो लेख तयार गर्दा सम्म ३ जनामा कोरोना पोजेटिभ देखिए पनि १ जना सन्चो भएर घर फर्किसकेका छन् भने २ जना उपचाररत छन् । छिमेकी देश भारतमा हाल सम्म करिव ७५० संक्रमित छन् भने २० जनाको मृत्यु भै सकेको छ ।मार्च २७, २०२० को दिउंसो १२.०० वजे सम्म भाईरस महामारीवाट संक्रमित संख्या वढी हुने ३ देशहरुमा संयुक्त राज्य अमेरिका (८५,५९४), चीन (८१,३४०) र इटाली (८०,५८९) छन् भने मानिस मृत्यु वढी हुने ३ देशहरुमा इटाली (८,२१५), स्पेन (४,३६५) र चीन (३,२९२) रहेका छन् ।

हाल नेपालमा १ हप्ताको लकडाउन छ । विश्वका धेरै देशमा लकडाउनको अवस्था छ र केही भागमा कर्फ्यू समेत लगाइएको छ । नेपालको सन्दर्भमा कोरोना भाईरसवाट वच्नका लागि लकडाउनको घोषणा गरी संक्रमणलाई निषेध गर्ने प्रयास गरिएकोछ, आफु र अरु सवैको जीवन सुरक्षाका लागि केही अप्ठेरो सहेर पनि हामीहरु घरमै एकान्तवासमा छौं । तर पनि हामी नेपालीहरुले यो महामारीको समयमा हामीहरुकै सुरक्षाका लागि घोषित लकडाउनको परिपालना गर्ने क्रममा छिट्फूट समस्याहरु देखिने गरेका छन् । अत्यन्त गतिशील कोरोना भाईरसवाट जोगिन उच्च अनुकूलन क्षमता भएका देशहरुमा यसको फैलावट र पीडा हेर्दा लाग्छ, नेपालमा यो संक्रमण वढ्दै गयो हामीलाई जोगिन अति कठीन हुने कुरा हामीले स्वीकार्नै पर्दछ । किनकी हामीसंग सीमित श्रोत साधन एवं हाम्रो अनुकूलन र प्रतिरोध क्षमता कमजोर छ ।

विश्वका केही देशहरुले संक्रमणवाट जोगिने उच्च व्यवस्थापकीय क्षमता र सतर्कतावाट नागरिकहरुलाई जोगाईरहेका छन्, हामीले सिक्नु पर्ने धेरै विषयहरु छन् । अधिकांशत हामीले के स्वीकार गर्नु पर्छ भने यो महामारीवाट जोगिन वा महामारीमा फस्न सरकारको अगुवाई मात्र नभएर नागरिकको कर्तव्य, अनुशासन र सामाजिक जिम्मेवारीवोध सहितको भूमिका धेरै निर्णायक रहने गर्दछ । चीन, जापान, दक्षिण कोरिया सहित केही देशहरुमा स्वास्थ््य रक्षा प्रणाली संगै नागरिक सचेतना र सचेत नागरिक भूमिकाका कारण महामारीको पीडा कम गर्न सफल वन्दै भए भने संसारकै नमूना स्वास्थ््य व्यवस्थापन प्रणाली, सम्पन्नता र शिक्षा र सभ्यता भएका मुलुकमा परिस्थिति अनुकूलको नागरिक व्यवहार, अनुशासन र जिम्मेवारीवोध नभएका कारण महामारीको वढी पीडा भोग्नु पर्ने अवस्था आईरहेको देखिन्छ ।

  • चारै तीर फैलिरहेको कोरोना भाईरसको प्रभावले हाम्रो समाजका हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा नकारात्मक असर पार्ने निश्चित छ । महामारीवाट वच्न वाध्यतापूर्वक लिइएका कदमहरुले पनि समाजका श्रमजीवि र अति गरीव समुदायको जीवन अहिले पनि असुरक्षित छ र हामीले उचित मानवीय कदम नलिएमा सीमान्तिकृत समुदायको जीवन अझ कष्टकर वन्ने छ । सीमित मात्रामा देखिएको कोरोना महामारीको प्रभाव आगामी दिनमा अझैं अकल्पनीय हुने निश्चित भएकाले कोरोना भाईरस संक्रमणको जोखिमवाट वच्न र हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने असरलाई न्यून गर्न नेपालका ३ वटै तहका सरकारहरुका साथै सवै सार्वजनिक संस्थाहरु, संगठित वा असंगठित नागरिक संगठनहरु, निजी क्षेत्र, राजनीतिक दल, कर्मचारी सहित सवै सचेत नागरिकको इमान्दारीपूर्ण र अनुशासित रुपमा सामाजिक उत्तरदायित्व पालना गर्नुको विकल्प छैन ।
  • प्रधानमन्त्री के.पी. शर्मा ओलीले लकडाउन अवधीमा घरैमा रहन विशेष सन्देश सामग्री मार्फत आग्रह गर्नु भएको छ ।
  • हामी नागरिकहरुले जति वढी सामाजिक जिम्मेवारीवोधका साथ एवं कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्ने छौं, त्यसमा नै कोरोना भाईरस संक्रमणवाट सुरक्षा र यसका सम्भावित सामाजिक, आर्थिक र सांस्कृतिक प्रभावहरुको न्यूनीकरण निर्भर रहन्छ । मित्रराष्ट्र चीन, जापान, दक्षिण कोरिया लगायतका देशमा सचेतना, अत्यावश्यक सामान आपूर्ति र व्यवस्थापन, कानूनी आदेशको सचेत परिपालना, मानवीय सहयोग, स्वास्थ््य सुरक्षा क्रियाकलापको संचालन, आर्थिक तथा अन्य सहयोगको प्रवाह जस्ता कामहरुमा आम नागरिकहरुले प्रदर्शन गरेको जवाफदेहीपूर्ण भूमिकाले केही हद सम्म संकट निवारणमा सहयोग गर्यो ।
  • कोराना संक्रमित माथी उल्लेखित देशहरुमा मात्र नभएर संसारमा विभिन्न भागमा नागरिकहरुलाई संकटवाट वचाउन थालिएका आर्थिक, सामाजिक, सांसकृतिक र राजनीतिक अभियानहरुमा अत्यन्त क्रियाशील भूमिका निभाउने गरेका छन् । विशेष गरी कोरोना भाईरसवाट नागरिकलाई जोगाउने अभियानमा स्वास्थ््य रक्षाका लागि चेकजांच, सचेतना, स्वंयंसेवी सुरक्षा, स्वास्थ््य तथा अन्य सामग्रीको आपूर्ति, वितरण र प्रवन्ध, संक्रमणका सूचना प्रवाह, आवश्यक परामर्श सेवा जस्ता काममा नागरिकहरु सचेतता र अनुशासित पूर्वक परिचालन भएकाले राज्यका प्रयास सफल वन्दै गएको देखिन्छ । विभिन्न अफवाह र गलत सूचना प्रवाहको भ्रमवाट आम जनतालाई मुक्त राख्न सक्नुले पनि राज्य र समाजका कोरोना भाईरस विरुद्धको युद्ध र अभियानमा शक्ति र उर्जा थपिन्छ ।
  • नागरिकहरुको जीवन रक्षाका काममा सरकारका तर्फवाट सके सम्म नागरिक सहभागिताको नीति लिन आवश्यक छ भने नागरिकहरुले पनि गैह्र सरकारी सामाजिक र नागरिक शक्तिको रुपमा संकट निवारणका मोर्चाहरुमा सशक्त सहभागिता प्रदर्शन गर्नु पर्दछ । कुनै कर्मचारी, नेता वा अमूक व्यक्तिको व्यवहार र सम्वन्धका कारण कोरोना भाईरस महामारी विरुद्धका कदमवाट हामीहरु अलग्गै र भूमिका विहीन भएर वस्नु हुंदैन । उपचारका अग्रिम मोर्चामा नरहे पनि सचेतना प्रवाह गर्ने, अभियानमा सहहभागी हुन साथीहरुलाई अनुरोध र सूचित गर्ने, अभियानमा सुझाव सल्लाह दिने, विविध सहयोग दिने र जुटाउन आव्हान गर्ने, समन्वय गर्ने, कार्यकर्ताहरुको मनोवल वढाउन उत्प्रेरणा जगाउने, सम्भावित भ्रम र अस्पष्टतालाई वास्तविक सूचनावाट प्रष्ट पार्ने, लेख रचना तयार गर्ने, सूचना तथा संचार व्यवस्थापनमा सहयोग गर्न सक्दछौं ।

हाम्रो देश नेपाल र अन्य देशका विभिन्न व्यक्ति तथा संस्थाले कोरोना भाईरसवाट जोगिन सामाजिक उत्तरदायित्व वहनका केही उदाहरणीय कामहरु हाम्रा माझ देएिका छन् ।

जस्तै –

  • भूतपूर्व प्रधानमन्त्री डा.वावुराम भट्टराईले कोरोना भाईरसवारे जनचेतनाका लागि सानो पहल भन्दै आफ्नो ट्वीटर नाम परिवर्तन गरी धबकज थयगच जबलमक (नियमित हात धोऔं)भनने राखेर सचेतना प्रवाहका काममा आफूलाई समाहित गरेका छन् ।
    पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेशका नेता गगन थापाले नेपाल टेलिकमलाई विशेष अनुरोध गर्दै नेपाल टेलिकमका सवै कलमा कोरोना संक्रमणवाट जोगिने सचेतनामूलक सि.आर.वि.टी.राख्न लगाएका छन् ।
    प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेर वहादुर देउवा,ने.क.पा.का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कलम दाहाल “प्रचण्ड”, पूर्व प्रधानमन्त्री तथा ने.क.पा.का वरिष्ठ नेता माधव कुमार नेपाल सहित विभिन्न राजनीतिक दलका शीर्ष नेतागणहरुले पनि कोराना महामारी विरुद्ध सजग, सचेत र जिम्मेवारीपूर्ण नागरिक व्यवहारका लागि सामाजिक सञ्जालको उपयोग गर्दै सार्वजनिक रुपमा आव्हान गर्नु भएको छ ।
    एसियाका सवै भन्दा धनी व्यक्ति चिनियां नागरिक अलि वावा ग्रूपका संस्थापक ज्याकमाले नेपाल लगायत दश एसियाली मुलुकलाई १,८०,००० मास्क, २,१०,००० टेष्ट कीट, ४६,००० प्राटेक्टिभ सूट्श, भेन्टिलेटर तथा थर्मामिटर इमरजेन्सी सप्लाईको रुपमा जति सक्दो छिटो उपलव्ध गराउने घोषणा गर्नु भएको छ ।
    देश भित्रका संघीय नेपाल सरकार, प्रदेश सरकारहरुले पनि कोरोना संक्रमण विरुद्ध लड्न आम नागरिकहरु लाई विभिन्न प्रकारवाट सहयोग गरिरहेको पाइन्छ ।
    नागरिक अगुवाहरुले जोखिममा रहेका श्रमजीवि गरी र विपन्नलाई थप सहयोगको आग्रह गरिरहेका छन् ।
    कार्टुनिष्टहरुले नीजि अस्पताललाई नेपाली नागरिकहरु प्रति उत्तरदायी र जिम्मेवार वन्न सचेत सन्देश मार्फत व्यङ्ग्य गर्नु भएको छ ।
    विभिन्न राजनीतिक दलका दोश्रो तहका नेताहरुले पनि सामाजिक सञ्जाल मार्फत कोरोना भाईरस विरुद्ध सजग र सचेत रहन र लकडाउन अवधीमा घरमै रहन आग्रह गर्नु भएको छ ।

नमस्कार, कोरोना भाईरसवाट वच्नको लागि घरमै वच्नु होस्, सावुनपानाीले हात धुनु होस्, हेण्ड सेनिटाइजरको नियमित प्रयोग गर्नु होस्, । आफु पनि वांचौ र अरुलाई पनि वचाऔं । संसारको सवै भन्दा सम्भ्रान्त कम्पनी माईक्रोसफ्टका निवर्तमान संचालक वील गेट्सले कोरोना भाइरसको महामारीले हामीलाई केही महत्वपूर्ण पाठ सिकाएको मान्दै ती पाठहरु वारे आफ्ना अनुभूति यसरी राख्नु हुन्छ,

वर्तमान कोरोना भाईरसको महामारीका सिकाईहरु

  • फरक फरक धर्म, भूगोल, विचार, पेशा, भाषा, सम्प्रदाय, जातजाती, पहिचान र वित्तिय अवस्थाका वावजूद हामी मानव सवै समान छौं ।
  • सामाजिक भावना, एकता र सामाजिक अन्तर सम्वन्ध, अन्तरघुलन कमजोर भएमा संकट आउंदछ, हामीलाई एक छिनको असहजता पीडा भएको छ, तर संधै भरी असहजतामामा वांच्नेको पीडा वारे हामीले सोच्ने वेला आएको छ ।
  • दीगो विकास लक्ष्य अन्तरगतको लक्ष्य च्भकउयलकष्दभि ऋयलकगmउतष्यल का वारेमा हामो जिम्मेवारी प्रति तत्कालै सोच्ने वेला आएको छ ।
  • भौतिक सुख प्रति अनावश्यक रुपमा वढी लिप्त हुन जरुरी छैन भन्ने वोध गरौं ।
  • छोटो जीवनमा मानवीय सहयोग हाम्रो अन्तर आत्मालाई सुख दिने र सामाजिक समर्थन पाउने आधार हो भन्ने नविर्सौ ।
  • हाम्रो प्रकृति र पारस्थितिकीय प्रणाली जीवनको आधार हो, जीवनका लागि खाना, पानी र औषधी अत्यावश्यक भएको विषयलाई कहिल्यै नभूलौं ।
  • हाम्रो परिवार र घरेलु जीवन प्रति वेवास्ता नगरौं, पारिवारिक एकता वलियो वनाऔं ।
    हाम्रो वास्तविक काम
  • हाम्रो पेशा मात्र हाम्रो काम होइन, हामी हाम्रा लागि मात्र काम गर्न जन्मिएका होईनौं, हामीले अरुको पनि हेर विचार गर्नु पर्छ, सुरक्षा दिने र अरुको जीवन वचाउनका लागि पनि काम गर्नु पर्छ ।
  • एउटा सामान्य भाईरसले हाम्रो शक्ति सम्पन्न अवस्थालाई निष्क्रिय वनाईदिन सक्ने भएकाले हामी आफ्नो शक्ति र अवस्था प्रति घमण्ड नगरौं ।
  • यो महामारीले हामीले आफु, आफ्नो समाज र प्रकृति प्रति गरिरहेको गल्ती प्रति माफी माग्ने र सोच र व्यवहार सच्याउने मौका दिएको छ ।
  • अप्ठ्यारा र असहजतामा मानिसको असली रुप देखिन्छ, हामी सहयोगी, दयालु र सहायक वन्ने कि स्वार्थी वन्ने ?, विवेक प्रयोग गरेर निर्णय गरौं ।
  • हामी आत्तियौं भने यो महामारी वर्तमान संसारको अन्त्य हुन सक्छ भने, हामी धैर्यवान भै विवेकपूर्ण व्यवहार गर्यौं भने यो महामारी नयां संसारको शुरुवातको अवसर पनि हो ।
  • जीवन एउटा चक्र हो, हामी हिजो एउटा चक्रमा थियौं, आज एउटा चक्रमा छौं, भोली नयां चक्रमा रहने छौं । अलिेको चक्र महामारी मात्र होइन गल्ती सच्याउने अवसर पनि हो ।
  • हाम्रो पृथ्वी विरामी छ, हाम्रो घर विरामी छ र हामी विरामी छौं, हाम्रो सोच विरामी छ, हामी शौचालयमा ट्वाईलेट पेपर सकिन लागेको ख्याल गर्छौं, कर जंगल, पानी र जमीन सिद्धिएको वारे किन ख्याल गर्दैनौं ?, यति मात्र नभै किन सिध्याउन तर्फ उद्यत छौं ?

अन्य प्रशंसनीय भूमिकाहरु

 नेपालका सञ्चार माध्यमहरुले निशुल्क र स्वतस्फूर्त रुपमा कोरोना भाईरस सम्वन्धी सूचना, सन्देश र सचेतना सामग्री तथा समाचार सामग्री प्रशारण र प्रकाशन गरिरहेका छन् । यसमा कोरोना भाईरस संक्रमणको रोकथामका साथै यस महामारीका आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका प्रभाव न्यून गर्न विभिन्न व्यक्ति तथा संस्थाका पहल सम्वन्धी समाचार र सम्पादकीय आलेखहरु पनि पर्दछन् ।
 विभिन्न सञ्चार माध्यमहरुले कोरोना भाईरस संक्रमणका सम्भावित जोखिम र वहुआयामिक प्रभाव र असर तथा त्यवाट अनुकूलित हुन हाम्रा भूमिका वारे वहस, छलफल, अन्तरक्रिया चलाएका छन् भने समाजका कमजोर वर्गका लागि तत्काल सहयोगका लागि आव्हान गरिरहेका छन् ।
 खोज पत्रकारिता गर्ने मिडियाले विभिन्न अत्यावश्कीय सामग्रीको कालोवजारी गर्न खोज्नेको पर्दाफास पनि गरिरहेका छन् ।
 वीरगञ्ज स्थित एक संस्थाले कोरोना भाईरस संक्रमणका लक्षण र जोगिने उपाय सम्वन्धमा अवधि, थारु, मैथिली, भोजपुरी र तामाङ भाषामा प्रचार सामग्री वनाएर सामाजिक सञ्जालमा प्रवाह गरेको छ ।
 वहुपक्षीय सेवा प्रदायक भ्क्भ्ध्ब् ले देश भित्र आफ्ना सेवा प्रयोगकर्तालाई निशुल्क रुपमा पैंसा पठाउने व्यवस्था गरेका छन् ।
 विभिन्न वजार क्षेत्रका विभिन्न उदार हृदयका व्यक्तिहरुले आफ्नो घरमा डेरा भाडामा लिई वस्नेहरुलाई केही समयका लागि घर भाडा छूट गर्ने घोाषणा गरेका छन् ।
 धेरै संस्था र व्यक्तिहरुले आफ्नो घर, होटल, हल, पूर्वाधार र संरचनालाई क्वारेन्टाइन वनाउन उपलव्ध गराएका छन् ।
 लोकप्रिय गायक दिपक वज्राचार्य लगायतको व्याण्डग्रूप अष्ट्रेलियावाट फर्के लगत्ते सेल्फ क्वारेन्टाइनमा वसेका छन् ।
 विभिन्न राजनीतिक व्यक्तित्व, नागरिक अगुवाहरु, विद्यार्थीहरु, शोधकर्ताहरु, अनुसन्धानकर्ताहरु र आम जन साधारण पनि कोरोना भाईरस संक्रमणका वारेमा विभिन्न ज्ञान, सूचना, जानकारी र सन्देश सहित लकडाउन अवधीको इमान्दारीपूर्ण परिपालनकाका लागि आग्रह गरिरहेका छन् ।
 नेपालका वीमा कम्पनीहरुले सरकारको निर्देशन अनुसार प्रिमियम भुक्तानी अवधी थप गरिरहेका छन् ।
 नेपालका वैंक तथा वित्तिय संस्थाहरुले सरकारको निर्देशन अनुसार श्रृणको सांवा व्याज भुक्तानी अवधी वढाईरहेका छन् ।
 उनीहरुले वन्दको समयमा रकम भुक्तानी प्रणाली सहज वनाउन मोवाइल वैंकिंग, इन्टरनेट वैंकिंग, आई.पि.एस.तथा ए.टि.एम.वाट हुने कारोवारहरु निशुल्क गरिरहेका छन् ।
 समाजका विभिन्न व्यक्तित्वहरुले कहिले कांही उत्पन्न हुने भ्रम, अफवाह, अस्पष्टता र द्विविधामा भ्रम निवारण र विषयगत स्पष्टताको काममा सहयोग पनि गर्नु भएको छ ।

माथी उल्लेखित केही सीमित र नमूना कामहरुले के देखाउंदछन् भने कोरोना भाईरसले निम्त्याएको मानवीय संकट संग जुध्न विभिन्न व्यक्ति र संस्थाले आफ्नो क्षमताले भ्याए सम्म सामाजिक दायित्व वहन गरिरहेका छन् । वर्तमान संकटको क्षणमा परिस्थितिले नागरिक समाज, सार्वजनिक संस्था, नीजि क्षेत्र र आम सचेत व्यक्तित्ववाट राखेको भूमिका यही हो । यसै प्रकारले सरकारको निर्णय र आग्रहलाई स्वीकार्दै वर्तमान संकटमोचनका लागि अन्य कुराका अतिरिक्त लकडाउन अवधीमा घर भित्रै आफु वस्ने र अरुलाई यसका लागि उत्प्रेरित गर्ने पनि महत्वपूर्ण कार्य हो ।

संकटका समयमा पनि केही हसामाजिक कामहरु हुने वारे पनि हामी सचेत रहने र अरुलाई सचेत वनाउनु पर्छ । अपुष्ट समाचार र सूचना सम्प्रेषण गर्ने, भ्रम र हल्ला छर्ने, कुनै धर्म, भाषा, संस्कृति, अवस्था, जाती र पहिचानलाई विशिष्ट देखाउने र अरुलाई होच्याउने जस्ता कार्यहरु निन्दनीय हुन्छन् ।

यो समय कालोवजारी गर्ने, सीमित फाईदाका लागि लकडाउन आदेश उल्लंघन गर्ने, अनावश्यक रुपमा सामानको स्टक राख्ने, स्टक लुकाउने जस्ता काम अमानवीय, अनैतिक र गैह्र कानूनी कार्यहरु हुन् । मेरो ठाउंमा कोरोना भाईरस छैन मलाई त कोरोना भाईरसले छुंदैन भन्दै जथाभावी हिंड्ने, मास्कको प्रयोग नगर्ने, भीडभाड गर्ने, आईसोलेशनमा नवस्ने, सामाजिक दूरी (क्यअष्ब िम्ष्कतबलअष्लन) कायम नगर्ने कामहरु पनि नितान्त गलत छन् ।

कोरोना भाईसर संक्रमण भएको प्रारम्भिक अवस्थामा चीन, जापान, दक्षिण कोरिया लगायतका देशमा सरकारी आदेश पालना र सामाजिक जवाफदेहिता अनुरुपका काममा नागरिक सहभागिता भएकाले महामारीको अवस्था कम हुंदै गएको दखिन्छ भने इटाली लगायतका देशका नागरिकले पर्याप्त सावधानी नदेखाउंदा आज भयावह अवस्था भोग्नु परिरहेको छ । त्यसैले हामीले चीनको सिकाई ग्रहण गर्ने कि इटालीको जस्तो हतारमा गल्ती गर्ने फूर्सतमा पछुताउने ?हाम्रा वर्तमानका व्यवहारहरुले नै हाम्रो भविष्यको कार्यदिशा तय गर्छ ।

एउटा भ्रम हाम्रा माझ छ, त्यो हो युवाहरुलाई कोरोना भाईरसले असर गर्दैन, त्यसो होइन, असर सवैलाई गर्छ, धेरै ठाउंमा वढी उमेरका र दीर्घरोगी जो संग रोग प्रतिरोध क्षमता कम हुन्छ, उनीहरुलाई वढी क्षती हुने कुरा हो, तर युवामा पनि संक्रमण हुन्छ, कतिपय शुरुवातको अवस्थामा भाईरस संक्रमणका प्रारम्भिक लक्षण केही समय सम्म नदेखिने पनि हुन सक्छ, युवाहरुले वर्तमानको जस्तो वेफित्री ताल नदेखाउं, युवाहरु नै संक्रमण ओसार पसारका मुख्य सम्वाहक हुने जोखिम भारत सहितका विभिन्न क्षेत्रमा देखिन्छ ।

हामीले स्मरण गर्नै पर्दछ, हाम्रो देश नेपालमा कोरोना भाईरस संग जुध्ने क्षमता निकै कमजोर मात्रै होइन, सरकारी अंगहरु वीचनै समन्वय र सहकार्य प्रणाली भरपर्दो छैन । कोरोना भाईरसका नमूना परीक्षण क्षमता कम छ, स्वास्थ््यकर्मी र सहयोगीका लागि आवश्यक व्यक्तिगत सुरक्षा अउपकरण पनि न्यून छन्, अन्य परीक्षण सुविधा र सामग्रीको कमी छ, सघन उपचार शैयाहरुको संख्या पनि कम छ, नीजि अस्पतालहरु जनता प्रति पर्याप्त मात्रामा उत्तरदायी छैनन् । विश्वका अति विकसित र भरपर्दो स्वास्थ््य सेवा प्रणाली विद्यमान देशलाई यो संकट संग लड्न अति गाह्रो भै सकेको समयमा यदी नेपालमा संक्रमण वढ्दै गएमा उपलव्ध श्रोत, साधनले यो युद्धमा वीजय हासिल गर्न हामीलाई अति कठीन हुने छ । तर पनि सामाजिक एकता र सामाजिक दायित्ववोध संकटमोचनको निर्णायक शक्ति वन्न सक्छ ।

सामाजिक एकता र सामुहिक कर्तव्यवोध एक यस्तो उर्जाशील शक्ति हो, जसले विकराल शंकटलाई पनि परास्त गर्न सक्छ । यो शक्ति सामान्यतया २ जोड २ ४ पनि विशेष अवस्थामा ५ भए जस्तै कथलभचनथ हो । तसर्थ विवेकशील वनौं, सवैले आ आफ्नो सामाजिक उत्तरदायित्ववोध गरौं, सरकार, अग्रज र सरोकारवालाका सल्लाह र आदेश पालना गरौं, यसैमा हाम्रो र सवैको भलाई अन्तरनिहीत हुन्छ । यो जवाफदेहीपनार अनुशासन नै शक्ति हो । यो शक्ति नै कारोना भाईरस विरुद्ध लड्ने हामी संग उपलव्ध एक मात्रभरपर्दो हतियार हो । यो हतियारलाई कमजोर, असरहीन र भुत्ते नवनांऔ ।
केही समय सम्म आफु घरमै पनि श्रृजनशील, अध्ययनशील र उत्पादनशील रहंदै एकान्तवास वसौं, अरुलाई पनि सोही अनुरुप घरमा एकान्तवास वस्न उत्प्रेरित गरौं । कोरोना भाईरस विरुद्धको लडाईमा वीजयको शुभकामना ।

लेखक : जाजरकाेटका सामाजिक नागरिक अभियान्ता हुन ।

तपाईको प्रतिक्रिया