बाढीपीडितलाई राहत र विकास निर्माणमा संसदीय समितिको चासो

सुर्खेत:
संसदको विकास तथा प्रविधि समितिले कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा बाढीपहिरोले पु¥याएको क्षति र पूर्वाधार विकास निर्माणको अवस्थाको बारेमा चासो देखाएको छ । बाढीपहिरोले पु¥याएको क्षति, राहतको व्यवस्थापन र पूर्वाधार विकास निर्माणको अवस्था बुझ्नका लागि समितिले कर्णाली र सदुरपश्चिम प्रदेशको स्थलगत अनुगमन गरेको छ ।

स्थलगत अनुगमनपछि काठमाडौं फर्किनुअघि सुर्खेत पत्रकार सम्मेलन गर्दै समितिले बाढीपहिरो पीडितलाई तत्काल राहत दिलाउन सरकारसँग पहल गर्ने जनाएको हो । पीडितलाई राहत दिलाउन र विकासे आयोजनालाई तीब्र रुपमा अगाडि बढाउन सरकारलाई निर्देशन दिने समितिका सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।
असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम र कर्णालीमा सबैभन्दा बढी क्षति पु¥याएको छ ।
समितिले कर्णाली प्रदेशमा कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीमा पर्ने साना–ठूला पुल, सडक निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ, खाद्यान्न समस्या र हालै वर्षाले जिल्लामा पु¥याएको क्षति र पीडितलाई राहतको व्यवस्था गर्न निर्देशन दिएको अनुगमन टोलीमा सहभागी नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईले यूगन्यूजलाई जानकारी दिए ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा सल्लीसल्ला–सिमकोट सडक खण्ड, सिमकोट–हिल्सा सडक खण्ड, मुगुमा ताल्चा–रारा सडक खण्ड र कर्णाली करिडोरमा पर्ने पुलहरुको निर्माण लगायतका विकासे आयोजना अनुगमन गरेको छ ।

त्यस्तै दार्जुचाल पुगेर भारतीय एसएसबीले तुइन काट्दा बेपत्ता भएका बेपत्ता भएका जयसिंह धामीका परिवारको अवस्थाका विषय जानकारी लिएको छ । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा अवस्थित दुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।
अनुगमन टोलीमा सभापति गुरुङ, सासद शाही, यज्ञराज सुनुवार लगायत संसद सचिवालयका सदस्य र नेपाली सेनाका अधिकारीको सहभागिता थिए । अनुगमन टोलीले कर्णाली र सुदुरपश्चिमका जनप्रतिनिधि, राजनीनितक दल, स्थानीय प्रशासन र नागरिक समाजसँग समेत छलफल गरेको फर्किएको हो ।






