प्रदीप ज्ञवाली : विभाजनले एमालेलाई एकरत्ती पनि असर गरेको छैन

गुल्मी :  नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टी विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेका छन्।

नेकपा एमाले रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनलाई आज (मंगलबार) सम्बोधन गर्दै उनले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताए।

पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट ७ प्रतिशत मात्र समाजवादीमा गएको दाबी उनले गरे।

गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरु भएको जिकिरसमेत उनले गरे। रासस

प्रदीप ज्ञवाली : विभाजनले एमालेलाई एकरत्ती पनि असर गरेको छैन

‘कू’ को विरोधमा सेनाको गोली, ७ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *