फिफा क्लब विश्वकप स्थगित

चीनमा आयोजना हुने सन् २०२१ को फिफा क्लब विश्वकप फुटबल स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण नयाँ ढाँचाको फिफा क्लब विश्वकप स्थगित गरिएको फिफाले जनाएको छ ।

पहिलो पटक २४ टिम सहभागी हुने भनिएको क्लब विश्वकप जुन १७ देखि जुलाई ४ सम्म तय भएको थियो । तर, चीनबाट नै फैलिएको कोरोनाको कारण विश्वकप स्थगित भएको हो ।

फिफाले क्लब विश्वकपको नयाँ मिति कोरोनाको प्रकोपको परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको छ । स्थगित क्लब विश्वकप २०२२ र २०२३ मा गरिने बताईएको छ । कोरोना भाईरसको कारण युरोकप फुटबल र कोपा अमेरिका फुटबल समेत एक वर्ष सरेको छ ।

तपाईको प्रतिक्रिया