आज सुनको मूल्य ९०० रुपैयाँले बढ्यो‚

काठमाडौं । नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार बुधबार छापावाल सुनको मूल्य ९० हजार १०० रुपैयाँ तोकिएको छ। मंगलबार ८९ हजार २०० रुपैयाँ कारोबार भएको थियो।

त्यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम गरिएको छ। तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा बुधबार प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलब ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






