तीन बर्षमा दुईसय ठाउँमा चोरी–डकैती, तीनसय जना पक्राउ

सुर्खेत ।
घटना १
असार ११ गते जाजरकोट चोरीको अरोपमा दुई जना पक्राउ परे । पश्चिम रुकुम चौरजहारी नगपालिका–९ बस्ने बर्ष १८ का हिमाल बुढाथोकी र बर्ष १४ का अर्का बालक चोरीका सामानसहित प्रहरीले पक्राउ ग¥यो ।
छानविन गर्दा उनीहरुले असार ९ गते भेरी नगरपालिका ४ किराना पसल र असार ११ गते नगरपालिका–३ ठाँटीबजार अर्का पसलको ताला फोडी नगद, घडी, रिचार्जकार्ड लगायतका सामानहरु चोरी गरेको पुष्टि भयो । दुबै जनालाई प्रहरीले चोरी मुद्धामा कारबाही ग¥यो ।
घटना २
गएको फागुन १० गते साढे दश लाख ५० हजार चोरी गरेको घटनामा संलग्न नावालकलाई पक्राउ ग¥यो । छानविन गर्दा उनले वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित एक घरबाट चोरी गरेको पुष्टि भयो । छानविनपछि उनले कानूनी कारबाहीमा परे ।
घटना ३
अघिल्लो असार १५ गते सल्यानमा मोटरसाइकल चोरीमा संलग्न गिरोहहरु नै पक्राउ ग¥यो । विभिन्न ठाउँबाट लु ५२ प २९०८ नम्बर, लु ५२ प २९०७ र लु ५७ प ९३०८ नम्बरको मोटरसाकलसहित उनीहरु पक्राउ परे । पक्राउ परेका चार जनालाई पहरी आवश्यक कारबाही ग¥यो र मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझायो ।
उल्लेखित घटना केही प्रतिनिधिमात्रै हुन, पछिल्लो समय कर्णाली प्रदेशमा चोरीडकैतीका घटनाहरु बृद्धि हुँदै गएका छन् । बर्षेनी हुने चोरी–डकैतीका घटनाले शान्ति सुरक्षामा चुनौति थपिएको छ । तथ्याङ्क अनुसार पछिल्लो तीन बर्षको अवधिमा प्रदेशभर दुईसय बढी अर्थात दुइसय नौ स्थानमा चोरी–डकैती भएको छन् । ति घटनामा झण्डै तीनसय जना व्यक्ति पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो तीन बर्षमा दुईसय ८१ जना पक्राउ परेका हुन् ।
जसमध्ये पनि शहरी क्षेत्रमै चोरी डकैतीका घटनाहरु धेरै भएका छन् । शहरको तुलनामा गाउँमा चोरीका घटना न्यून छन् । प्रहरीको तथ्याङ्क अनुसार सुर्खेतमा मात्रै पछिल्लो तीन बर्षमा एकसय ६ वटा चोरी–डकैतीका घटना भएका छन् । आर्थिक बर्ष ०७५/०७६ मा ५१ वटा, ०७६/०७७ मा ३५ वटा र ०७७/०७८ मा २० ठाउँमा चोरी डकैती भएका हुन् ।
त्यस्तै दैलेखमा तीन बर्षमो नौं ठाउँमा चोरी–डकैती भएको छन् । आर्थिक बर्ष ०७५ मा पाँच वटा र पछिल्लो दुई बर्षमा दुइ–दुई वटा घटना भएका हुन् । जाजरकोटमा १७ वटा घटना भएका छन् । ०७५ मा पाँच वडा र ०७७ मा १० वटा ठाउँमा चोरी–डकैती भएका हुन् । आर्थिक वर्ष ०७६ मा भने जाजरकोटको कुनै ठाउँमा चोरी भएनन् ।

रुकुम पश्चिममा पनि जोरी डकैतीका घटना बृद्धि हुँदै गएका छन् । त्यहाँ तीन बर्षको अवधिमा ३६ ठाउँमा चोरी डकैती भएका छन् । तथ्याङ्क अनुसार ०७५ मा १७ वटा, ०७६ मा आठ वटा र ७७ मा एक वटा चोरी डकैतीका घटना भएका छन् । त्यस्तै सल्यानमा तीन वर्षको अवधिमा १९ वटा घटना भएका छन् । ०७५ मा एउटा मात्रै घटना भएको सल्यानमा पछिल्लो दुई वर्षमा समान अर्थात नौ–नौ ठाउँमा जोरी डकैतीका घटना भएको हुन् ।
जुम्लामा तीन १६ वटा घटना भएका छन् । ०७५ मा पाँच, ०७६ मा तीन र ०७७ मा सातवटा चोरी डकैतीका घटना भएका हुन् । पछिल्लो तीन बर्षको अवधिमा डोल्पामा आठवटा, हुम्लामा नौवटा, मुगु र कालिकोटमा एक–एक वटा घटना भएका छन् । मुगुमा पछिल्लो दुई बर्षमा चोरी डकैतीका घटना हुन पाएका छैनन् भनेर कालिकोटमा ०७५ र ०७७ मा जोरीडकैतीका घटना नभएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता अर्जुन चन्दले जानकारी दिए ।
चोरीमा संलग्न २१ जना फरार
यस्तै चोरी मुद्धा लागेका विभिन्न जिल्लाका २१ जना व्यक्तिहरु भने फरार रहेका छन् । तथ्याङ्क अनुसारसुर्खेतका दुई जना, दैलेखका चार जना, जाजरकोटका दुई जना, रुकुमपश्चिमका तीन जना, सल्यान र जुम्लाका एक–एक जना फरार छन् । त्यस्तै चोरी–डकैती मुद्धा लागेका डोल्पाका एक जना र हुम्लाका चार जना पनि फरार रहेका छन् ।
यस्तै तीन बर्षमा प्रदेशभर चोरी–डकैतीमा संलग्न दुईसय ८१ जना पक्राउ परेका छन् । पछिल्लो तीन बर्षको अवधिमा अवधिमा सुर्खेतबाट मात्रै एकसय ४४ जना पक्राउ परेका हुन् । तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७५/०७६ मा ६८ जना, ०७६/०७७ मा ३२ जना र ०७७/०७८ मा ३४ जना व्यक्तिहरु जोरी–डकैती मुद्धामा पक्राउ परेका हुन् ।
तीन बर्षको अवधिमा दैलेखमा १५ जना, जाजरकोटमा १४ जना, रुकुमपश्चिममा ३० जना, सल्यनमा २७ जना, जुम्लामा १७ जना नागरिक चोरी डकैती मुद्धामा पक्राउ परेका हुन् । त्यस्तै डोल्पामा १८ जना, हुम्लामा १३ जना, मुगु र कालिकोटबाट एक–एक जना चोरी–डकैती मुद्धामा पक्राउ परेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।






