टिभी अभिनेत्री प्रत्युषालाई बलात्कारको धम्की

एजेन्सी । बंगाली टिभी अभिनेत्री प्रत्युषा पौललाई अज्ञात व्यक्तिले बलात्कारको धम्की दिएका छन् । सामाजिक सञ्जालमार्फत् आफुलाई अपरिचित व्यक्तिले बलात्कारको धम्की दिएको उनले बताएकी हुन् ।

आफ्नो जाली फोटोहरु समेत पोर्न साइटमा समेत अपलोभ गरिएको बताएकी प्रत्युषाले यी सबै हर्कतको पछाडीको कारण आफ्नो इमेज खराब गर्ने कोसिस नै रहेको बताएकी छन् । उनले यस बिषयको पुलिसलाई समेत जानकारी गराएकी छन् ।

‘म धम्की दिने प्रोफाइल जब ब्लक गर्छु । उसले केही समयमा अर्काे प्रोफाइलबाट धम्की दिन थाल्छ,’ प्रत्युषाले मिडिया कुराकानीमा भनिन्, ‘मलाई हरेक पटक बलात्कारको धम्की दिइन्छ ।’ सुरुमा उजुरी गर्दा पुलिसले धम्कीलाई खासै वास्ता नगर्न भनेको भएपनि अहिले भने ज्यानको डर लागेको उनले बताएकी छन् ।

पछिल्लो एकवर्षदेखि आफुलाई यस्तो धम्की मिलिरहेको बताएकी उनले भनिन् ‘सुरुमा त यस्ता धम्कीलाई खासै वास्त गरिनँ । जब कुरा बढ्दै गयो, मैले पुलिसमा उजुरी समेत दर्ता गराए ।’ आफुलाई धम्की दिने व्यक्तिले आफ्नो जाली तस्बिर पोर्न साइटमा राखेर आमा र साथीहरुलाई समेत पठाएको उनले आरोप लगाएकी छन् ।

टिभी अभिनेत्री प्रत्युषालाई बलात्कारको धम्की

जनताको जित भयो : सभामुख सापकोटा

टिभी अभिनेत्री प्रत्युषालाई बलात्कारको धम्की

अमेरिकामा स्वास्थ्य परीक्षण गरेर फर्किए रजनीकान्त

Leave a comment

Your email address will not be published. Required fields are marked *