एमाले कार्यदल बैठक : सहमतिको मस्यौदामा छलफल जारी, आजै टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि जारी कार्यदलको बैठकमा सहमतिको मस्यौदामा छलफल चलिरहेको छ ।

चार घण्टादेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छलफल सकारात्मक ढंगले अघि बढिरहेको माधव नेपाल पक्षीय कार्यदल सदस्य रघुजी पन्तले बताए।

‘सहमतिको मस्यौदामा कार्यदल सदस्य सबैले सुझाव दिएका छौं, ती सबै सुझावको पनि प्रतिनिधित्व हुने गरी सहमतिको ड्राफ्ट बनाउने तयारीमा छौं, बैठक चलिरहेका बेला बाहिरिएका नेता पन्तले भने, ‘सकभर आजै यसलाई पूर्णता दिने तयारीमा छौं ।’

उनले समग्रमा पार्टीलाई स्वीकार हुने र सबै कार्यकर्ताको मनोबल उठ्ने गरी सहमति गरिने पनि बताए। सहमति के के विषयमा हुँदैछ भन्ने उनले खुलाएनन्।

‘नेताहरुले ठीक छ भनेपछि मात्रै सहमतिका बुँदा सार्वजनिक गर्छाैं। उनले भने ।

एमाले कार्यदल बैठक : सहमतिको मस्यौदामा छलफल जारी, आजै टुंग्याउने तयारी

बहुविवाह मुद्दामा फरार अभियुक्त पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *