भारतमा संक्रमणमुक्त हुनेहरुको संख्या ९७.१९ प्रतिशत, थप ४३ हजार संक्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये ९७.१९ प्रतिशत संक्रमणमुक्त भएका छन्।

भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना संक्रमित भएका छन्। हालसम्म दुई करोड ९८ लाख ८८ हजार २८४ जना संक्रमणमुक्त भएका छन्।

त्यसैगरी कुल संक्रमित मध्ये १.४९ प्रतिशत मात्रै अहिले पनि संक्रमित अवस्थामा रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ५८ हजार ७२७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

पछिल्लो एक दिनमा पनि नयाँ संक्रमित हुनेभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गइरहेको छ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४३ हजार ३९३ जना नयाँ संक्रमित थपिएका छन।

सोही अवधिमा अरु ४४ हजार ४५९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको शुक्रबार बिहान जानकारी दिएको छ।

योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या चार लाख पाँच हजार ९३९ रहेको छ।

भारतमा संक्रमणमुक्त हुनेहरुको संख्या ९७.१९ प्रतिशत, थप ४३ हजार संक्रमित

११ हजार बढी परीक्षणमा २२ सय ३९

भारतमा संक्रमणमुक्त हुनेहरुको संख्या ९७.१९ प्रतिशत, थप ४३ हजार संक्रमित

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *