बर्दियामा नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी महिलाको सकुशल उद्धार

बर्दिया । बर्दियामा नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।

ती महिलाले बिहीबार अन्दाजी १६:३० बजेको समयमा गुलरिया नगरपालिका वडा नं. ८ स्थित भादा नदीमा हामफालेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार महिलाले हामफालेको भन्ने खबर प्राप्त हुन साथ उद्धारका लागी प्रहरी नायव निरीक्षक मणिराज भट्टको कमाण्डमा टोली परिचालित गरिएको थियो ।

टोलीले बग्दै गरेकी महिलालाई सकुशल उद्दार गरेको शाहीको भनाइ छ ।

ती महिलाको बर्दिया अस्पताल गुलरियामा ल्याएर उपचार गराइएको थियो । महिलासँग सोधपुछबाट गर्दा उनी भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम बलैगाउँ निवासी भएको पाइएको थियो । प्रहरीले भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम पञ्चायतको गाउँ प्रधानसँग समन्वय गरी उनलाई श्रीमान्को जिम्मा लगाएको छ ।

रासस

बर्दियामा नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी महिलाको सकुशल उद्धार

जुम्लाको मार्सी धानखेतमा विषादीको प्रयोग बढ्दै

बर्दियामा नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी महिलाको सकुशल उद्धार

जो बुवाको सिको गर्दै राजनीतिमा लागिन्

Leave a comment

Your email address will not be published. Required fields are marked *