भेरीगंगा नगरपालिकाले ल्यायो ५९ करोड भन्दा बढिको बजेट

भेरीगंगा । भेरिगंगा नगरपालीका सुर्खेतले आर्थिक वर्ष २०७८/०७९ का लागी ५९ करोड भन्दा बढिको बजेट ल्याएको छ । विहिवार नगरपालिको नवौँ नगरसभामा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ५९ करोड ८८ लाख ३ हजार ३ सय ३९ रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।

विहिवार नगर सभामा प्रस्तुत भएको निति तथा कार्यक्रममा भेरिगंगा नगरपालीकाको वडा नम्वर १ र २ लाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने, त्यस्तै वडा नम्वर १,२,३,४,५,६ र ७ लाई बाख्रा पालनको विषेश पकेट क्षेत्रको रुपमा विकास गर्ने वडा नम्वर ४,८,९,१०,११,१२ र १३ लाई दुधको पकेट क्षेत्रको रुपमा विकास गरिने निती तथा कार्यक्रममा उल्ल्ेख गरिएको छ ।

खानेपानीका परम्परागत श्रोतहरुको संरक्षण गर्दै उक्त श्रोतमा आधारीत खानेपानी आयोजनाहरु निर्माणका लागी तत्काल सम्भाव्यता अध्ययनको काम अगाडी बढाउने पनी निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पत्रकारिता क्षेत्रको विकासका लागी नेपाल पत्रकार महासंघ सुर्खेत संग सहकार्य गरी पत्रकार अक्षयकोषको स्थापना गर्ने लगाएतका निति तथा कार्यक्रमरु नगरसभामा पेश गरिएको छ ।

भेरीगंगा नगरपालिकाले ल्यायो ५९ करोड भन्दा बढिको बजेट

लेकवेशी नगरपालीकाको बजेट ६३ करोड, पुर्वाधार र

भेरीगंगा नगरपालिकाले ल्यायो ५९ करोड भन्दा बढिको बजेट

दैलेखमा निषेधाज्ञा अझैं खुकुलो पारिंदै

1 Comment

  1. Bishal ghale
    25th Jun 2021 Reply

    भेरीगंगा 2 मा पुल बनाउनु पर्यो जनताको समस्या यता छ आहिले अनुदान भन्दै पैसा बाँड्दै नगर्नु होला यसपाली । अनुदानको नाममा धेरै अगाडिको अगुवा ले पैसा खाको देखेका छौ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *