अध्यक्ष स्वरोजगार कार्यक्रम सहित सिम्ताले ल्यायो ५० करोडको बजेट

दुर्गा विसि 

सल्यान । सुर्खेत सिम्ता गाउँपालिकाको गाउँ सभाले आगामि आर्थिक वर्षको लागिको ५० करोड ८० लाख ३० हजार १ सय ५३ रुपैयाँको वजेट विनियोजन गरेको छ ।केन्द्रको प्रधानमन्त्री स्वरोजगार ,प्रदेशको मुख्यमन्त्री रोजगार जस्तै स्थानीय तहको अध्यक्ष स्वरोज कार्यक्रमका लागि यो वजेट अधिवेशनले २ करोड वजेट विनियोजन गरेको छ ।

यो गाउँ सभाको महत्त्वपूर्ण कार्यक्रम समेत रहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले वताए ।उनले प्रस्तुत गरेको निति तथा कार्यक्रममा युवा रोजगार र अध्यक्ष स्वरोजगार कार्यक्रमलाई महत्त्व दिएको छ ।

आगमि वर्षको वजेट प्रस्तुत गर्दै उपाध्यक्ष चन्द्रकला शाहीले आन्तरिक स्रोतबाट २ करोड ५ लाख,राजश्व बाँडफाँड ८ करोड ९९ लाख २४ हजार,संघीय सरकार सामानिकरण तर्फ १० करोड ७३ लाख,संघकै चालू तर्फ २३ करोड १२ लाख,संघकै पुजींगत तर्फ १ करोड,समपुरक ७० लाख,प्रदेश सरकार समानिकरण १ करोड १३ लाख,प्रदेशकै पुजिगत तर्फ १ करोड ५७ लाख,समपुरक १ करोड १५ लाखको स्रोत परिचालन हुने जनाएको छ ।

त्यससँगै आगामि वर्षको खर्च तर्फ गाउँपालिकाको गौरवका आयोजना इन्द्र विसि फास्ट्र्याक र ॠषि स्मृति चक्रपथको लागि २ करोड वहुवर्सिया योजना,चालू वर्षको अधुरा बाँकी काम रहेका योजना पुरा गर्नेका लागि १ करोड ५० लाख,खानेपानी सरसफाइ तथा एक घर एक धारा अभियानका लागि १ करोड,सोहि योजनाको विभिन्न निकायसँग साझेदारी अनुरुप १ करोड ८५ लाख,कृषि तर्फ ३५ लाख,पशु तर्फ २५ लाख,शिक्षा तर्फ १ करोड ६० लाख,स्वास्थ्य तर्फ १ करोड ४५ लाख,महिला तथा न्याय कानुनी तर्फ ३० लाख,सहकारी तथा आर्युर्वेद तर्फ १० लाख,कोभिड-१९ का लागि ४३ लाख ४१ हजार र वडास्तरको सिलिंग १५ लाखका दरले जम्मा १ करोड ३५ लाख वजेट व्यय तर्फ विनियोजन भएको जनाएको छ ।

यश वर्षको प्रधानमन्त्री स्वरोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमको काम उत्कृष्ट भएकोले अध्यक्ष रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशाकिय अधिकृत टोपवहादुर रानाले जानकारी दिएका छन् ।वजेट अधिवेशन आज नै सम्पन्न भएको छ।

अध्यक्ष स्वरोजगार कार्यक्रम सहित सिम्ताले ल्यायो ५० करोडको बजेट

वन तथा वातावरण जोगाउन सडक कार्यक्रम

अध्यक्ष स्वरोजगार कार्यक्रम सहित सिम्ताले ल्यायो ५० करोडको बजेट

लेकवेशी नगरपालीकाको बजेट ६३ करोड, पुर्वाधार र

Leave a comment

Your email address will not be published. Required fields are marked *