अस्मिता मृत्यु प्रकरण : शव भएको ठाउँभन्दा १०० मिटर टाढा मोबाइल भेटियो

डडेल्धुरा : जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीको मोबाइल फोन फेला परेको छ । आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत कार्यालय सहयोगी धामी असार ५ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

शव भेटिएको स्थानबाट १०० मिटर तल मोबाइल फेला परेको प्रहरीले बताएको छ। उनका अनुसार त्यसबाहेक घटनासँगसम्बन्धित अन्य कुनै ठोस् प्रमाण हालसम्म फेला परेको छैन।

घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइने पनि उनले बताए। शव भेटिएको तीन दिनपछि सोमाबार अस्मिताको पोष्टमार्टम भएको थियो। मंगलबार उनको अत्येष्टि गरिएको छ। उनका आफन्त र नगरपालिकाबीच सहमति भएपछि शव बुझेका थिए ।

धामीका परिवारलाई परशुराम नगरपालिकाले राहत स्वरूप १० लाख दिने निर्णय गरेको छ। ७ लाख ५० हजार नगरपालिका र २ लाख ५० हजार वडाबाट व्यवस्थापन गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेपछि आफन्तले शव बुझेका थिए ।

असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको मृत फेला परेकी थिइन् ।

धामीको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। उनको हत्या गरिएको स्थानीयको दाबी छ। शरीरमा नीलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खाली बोत्तल फेला परेकाले उनको हत्या गरिएको स्थानीय जिकिर छ। यद्यपि, प्रहरीले आफ्नो अनुसन्धान सकेको छैन ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ ।

अस्मिता मृत्यु प्रकरण : शव भएको ठाउँभन्दा १०० मिटर टाढा मोबाइल भेटियो

देशलाई दुर्घटनामा जान दिँदैनौं : प्रचण्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *