भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १७ जनाको मत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा भएको एक दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

कानपुर–इलाहाबाद राष्ट्रिय राजमार्गमा सो दुर्घटना भएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार निकै तीव्र गतिमा आएको बसले टेम्पोलाई ठक्कर दिएको थियो ।

निकै जोडसँग ठोक्किएको सो बस सडकको अर्कोतर्फ उछिट्टिएको थियो। उछिट्टिएको बस सडकबाट पनि खोल्सामा खसेको थियो ।

दुर्घटनास्थलमा प्रहरी समयमै पुगेर घाइतेहरुलाई अस्पताल पठाएको थियो। तर, कानपुरको लाला लाजपत राय अस्पतालमा पुर्‍याउँदा÷नपुर्‍याउँदै १६ घाइतेको ज्यान गएको थियो। चार घाइतेको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश युवा हुन्। उनीहरु एक बिस्कुट उद्योगमा रात्रि सिफ्टमा काम गर्न बस चढेर जाँदै गरेको खुलेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो दुर्घटनाबारे छानबिन गर्न आदेश दिएका छन् ।

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १७ जनाको मत्यु

उत्तर कोरियामा नयाँ कानून : विदेशी लुगा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १७ जनाको मत्यु

भारतमा दैनिक संक्रमितको संख्या घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *