कर्णालीमा एकैदिन ४५८ जनाले जिते कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ । भने कोरोना जित्नेको संख्या बढिरहेको छ । पछिल्ला केही साता देखि निरन्तर कोरोना जित्नेहरुको संख्यामा वृद्धि आएको हो । आज एकैदिन प्रदेशभर चारसय ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुईसय १६ जनामा गरिएको आरटी पीसिआर परीक्षणमा एकसय २१ जनामा संक्रमण पुष्टि भएको छ । भने ६ सय १५ जनामा गरिएको एन्टीजेन विधिबाट भने थप एकसय ३९ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

योसँगै पछिल्लो २४ घण्टामा दुईसय ८९ जना आइसोलेसनमा संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुईसय ६८ पुगेको निर्देशनालयले जनाएको छ । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ ।

कर्णालीमा एकैदिन ४५८ जनाले जिते कोरोना

राउटे बस्तीमा प्रवेशलाई नियन्त्रण गर्न दैलेखका नागरिक

कर्णालीमा एकैदिन ४५८ जनाले जिते कोरोना

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *