जेष्ठ नागरिकलाई लगाइने भेरोसेल खोपकाे तालिका सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकलाई दिने कोरोनाविरुद्धको खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।
महानगरपालिकाले आइतबार सुचना जारी गर्दै ६० देखि ६४ उमेर समूहका मानिसलाई चाइनिज भेरोसेल खोप लगाउने समय तालिका सार्वजनिक गरेको हो ।
जेठ २५ गतेदेखि २९ गते सम्म विहान १० देखि ४ बजे सम्म नजिकको खोप केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।







