पन्जाबी भर्सनमा ‘फुल बुट्टे सारी’

पछिल्लो समय नेपाली संगीतप्रेमी माझ दिनप्रतिदिन लोकप्रिय हुँदै गएको गीत ‘फुल बुट्टे सारी’लाई अहिले दर्शकले अत्याधिक मन पराएका छन् ।

महिला तथा पुरुष दुवैको स्वर दिएको यो गीत पछिल्लो समय सर्वाधिक चर्चाको गीत बन्न सफल भइसकेको छ । त्यसो त सार्वजनिक अघिल्ला दुई भर्सनले एक करोड बढी भ्युज पाइसक्दा नयाँ गीत सार्वजनिक भएको हो। मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।

यी सबै भर्सनलाई अहिले दर्शक श्रोताले निकै नै रुचाएका छन्। उक्त गीतलाई पछिल्लो समय एक अफ्रिकी गायिकाले समेत गएकी थिइन भने उक्त गीतको धेरै चर्चासमेत भएको थियो ।

अहिले सोही गीतलाई एक पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन्। फुलबुट्टे सारीको पन्जाबी भर्जन संसार ब्लग प्रोडक्सनको आधिकारिक युटुब च्यानलबाट अपलोड गरिएको छ ।

जुन यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै रुचाईएको छ भने उक्त गीतको भिडियोलाई ३ लाख भन्दा बढीले हेरिसकेका छन्। संसार ब्लगको मुख्य उद्देस्य विदेशी र नेपाली सस्कृतीलाई समावेस गरि केही गरूँ भन्ने रहेको छ ।

त्यसैले उक्त प्रडक्सनले नेपाली नै बोल्न नजान्ने पन्जाबी लकिलाई नेपाली गीत गाउन लगाएका हुन्। ती पंजाबी गायकले गाएको “फुल बुट्टै सारी”को भिडियो हेर्दा उनले नेपालीमा राम्ररी गाएका छन्। “फुल बुट्टै सारी”को पन्जाबी भर्जन अहिले लन्डन तथा भारतमा मा पनि धेरै नै लोकप्रिय भइरहेको छ ।

पन्जाबी भर्सनमा ‘फुल बुट्टे सारी’

चलचित्र प्रेमगञ्जका लागि छानिइन् सम्पदा बानियाँ

पन्जाबी भर्सनमा ‘फुल बुट्टे सारी’

मदनकृष्ण र वियोन्सेले एकसाथ गीत गाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *