मदनकृष्ण र वियोन्सेले एकसाथ गीत गाउने

काठमाडौं । कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र अफ्रिकन गायिका वियोन्से फ्यामासीले एकसाथ गीत गाउने भएका छन् । मदनकृष्णले फेसबुकमा स्टाटस लेख्दै आफू र वियोन्सेले युगल गीत गाउन लागेको बताए ।

‘वियोन्से र म मिलेर एउटा युगल गीत गाउने तरखरमा छौँ। वियोन्सेको तरुनी स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला खैँ !’ उनले लेखेका छन् । ‘फूलबुट्टे साडी’ लाई वियोन्सेले गाएपछि गीतले अन्तर्राष्ट्रियकरण रूप लिएको आफूले महशुस गरेको श्रेष्ठले भनेका छन् ।
यस वर्षको सर्वाधिक चर्चामा रहेको गीत ‘फूलबुट्टे सारी’ विभिन्न भर्सनमा तयार भए। जसमा मदनकृष्णले लिजेन्ड्री भर्सनमा स्वर भरे । उनको भर्सनलाई पनि धेरैको माया मिल्यो। सोही फूलबुट्टे सारीलाई वियोन्सेले पनि गाएकी थिइन् ।






