केपीबाले खेदो खन्याछन्… हेर्दा त माधव कमरेडलाई न बस्नु, न पार्टी छोडिजानु पो भो त ।

प्रचण्ड कमरेडले त केहीदिनमा सरकारबाट बाहिरिन्छम् भने त हँ । त्यसो हो भने त प्रदेशका सरकारहरु उथलपुथल हुने होलान् त ।
हुन त प्रचण्ड कमरेड सरकारबाट बाहिरिए नी केही फरक पर्दैन । उनको त पार्टी छ, कार्यकर्ता छन् । चुनाव चिन्ह छ, तर केपीबाले माधव नेपाल टिमको जुन खेदो खन्याछन्, यसलाई हेर्दा त माधव कमरेडलाई न ओलीसित बस्नु, न पार्टी छोडिजानु पो भो त ।
अर्को पार्टी खोलम भनेनी कार्यकर्ता सबै आँफैसित रहन्छन् भन्ने नि भएन । यत्रो दुख गरेर देशको प्रधानमन्त्री बनेर इतिहाँस रचम्ला भन्ने बेलाँ ओलीबाले शब्दबाणले हान्ने साइबरसेनाले पाखुरा देखाउने गरेछि पार्टीमा यतिका बर्षदेखि ग¥या लगानी के सबै हुने भो त पानी ?
ओलीबाका कुरा सुन्दा अँझै दशबीस बर्ष विकल्प कोही छैनन् भने झैँ गर्छन् । अन्तराष्टिय क्षेत्रले नि अँझै केहीबर्ष नेपालमा राजनीतिक अस्थिरता रहनैपर्छ भन्याझैँ ग¥या छन् । कोरोनाको वहानाले अरुको राजनीतिक अस्थिरता हेर्ने फूर्सद नि कसैलाई छैन । अनि ओलीबाले नि यही कोरोनालाई निहुँ बनाएर सरकारलाई मत्ताहात्तिझैँ गराइराछन् ।

यो मत्ताहात्तिले कहिलेसम्मलाई वितण्डा मच्चाउन सक्छ । त्यो बेलासम्म ओलीबाको रजाइँ राज्याँ चल्ने निश्चित छ । त्यति मात्रै हैन, अब त ओलीबाका मत्ताहात्तिहरु कर्नालीतिर नि चर्न पुग्ने भने शुक्लाफँटाको जंगलतिर नि चर्ने भए । प्रचण्ड कमरेडले सरकाराँ नबस्ने भनेछि त अब देशैभर ओलीबाको एकछत्र राज चल्ने भो । के गर्ने हिजो जनताले ओलीबालाई जतिसक्छौ वितण्डा मच्चाउ ५ बर्षलाई तिमि नै हौ भनेर दिइ सकेछि अरुले भाग खोस्ननि मिलेन ।
लौ अरु दुई बर्ष साइबर सेनादेखि युवासंघलाई सडकाँ ल्याएर जतिसक्यो जनता घाँटी टेक्ने नीति वनाम त्यसपछि हिजो वाइसिएलका नाममा माओवादीले जसरी बहुमत ल्याथे । त्यसैगरी ओलीबाको बहुमत आउने कुराँ शंका छैन । जनता भनेका छाला हुन् । यिनलाई जति चुटेर घाममा सुकायो, त्यति कमलो बन्दै जान्छन् र तह लाग्छन् ।
यो कुरा ओलीबाले २८ सालको झापा काण्डदेखि थाहा पाउनु भाछ । अहिले सरकार चलाउन र दलाँ हावी हुन ह्वाँलाई त्यै अनुभवले सिकाको छ । त्यही भएर त सानदार विजयमा लम्कि राख्नु भाछ ।
विना प्रतिपक्षको सरकार चलाउने चाँदो सितिमिति कसैले ल्याहुन्न ।
तर के गर्नु प्रचण्ड जस्ता बेबकुफ नेता भेट्टियछि त्यो पनि सम्भव भो र ओलीबा अहिले निस्फिक्र जुङ्गा ताउलाई रानु भाछ । धन्य हो पशुपतिनाथ तिम्रा कृपाले ओलीबाले मुतेन्यानो गरिराछन् । तर यो अवसर तिम्ले कहिल्यै नछुटाइदे । नत्र तिम्लाई कमिनिष्टहरुको श्राप लाग्नेछ । जयहोस पशुपतिनाथ ।
–वेदर्षि






