सल्यानका अधिकांश उपभोक्ता स्वच्छ खानेपानीको पहुँचबाहिर

सल्यान : जिल्लाका अधिकांश बासिन्दा स्वच्‍छ खानेपानीको पहुँचबाहिर रहेका छन् । पहाडी इला का र सुक्खा डाँडापाखा भएका कारण पानीको मुहान सुक्दै जानु र डाँडापाखाका बस्तीमा खानेपानी पुर्‍याउन कठिन भएकै कारण यहाँका ४२ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचबाहिर रहेका छन् ।

त्यस्तै, ४८ प्रतिशभित्र पनि १५ हजार नागरिक पूर्णरूपमा खानेपानीबाट बञ्चित भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानले जनाएको छ । छरिएर रहेका बस्तीमा खानेपानीको स्रोत नभएकाले विकल्पको रुपमा अहिले धमाधम लिफ्ट प्रविधिमार्फत खानेपानी पुर्‍याउन पहल भइरहेको कार्यालय प्रमुख पदमराज देवकोटाको भनाइ छ ।

०६८ को जनगणनाअनुसार सल्यानमा करिब २ लाख ४४ हजार जनसंख्यामध्ये ५८ प्रतिशत नागरिकले मात्र स्वच्छ खानेपानी प्राप्त गरेका छन् । खानेपानी व्यवस्थापन गर्न बजेट कम भएकाले कतिपय आयोजना समयमै सम्पन्न हुन नसक्दा पनि नागरिकको पहुँचमा खानेपानी पुर्‍याउन कठिन भएको उनले बताए । यसवर्ष जिल्लामा ४२ वटा खानेपानीका योजनामध्ये ७ वटा योजना सम्पन्न भई सकेका छन् । बाँकी ३५ वटा योजना निर्माणाधीन अवस्थामा रहेको र २६ वटा योजना लिफ्ट प्रविधिबाट सञ्‍चालन गरिरहेको बताए ।

सल्यान जिल्ला बिशेष गरी सुक्खाग्रस्त क्षेत्र भएको र पानीका मुहानहरु पनि पर्याप्त मात्रामा नभएका कारण जिल्लाका नागरिकले कष्टकर जिवन बिताउन बाध्य रहेको जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले बताए। स्वच्छ पिउने पानी नागरिकको स्वास्थ्य सँग जोडिएको भए पनि स्थानीय तहले भने खानेपानीका योजनाहरुमा खासै ध्यान नदिएको उनको भनाइ छ । स्थानीय तह र प्रदेश तथा संघीय सरकारसँग तालमेल नमिल्दा पनि खानेपानीका योजनाहरुमा काम हुन नसकेको प्रमुख विष्टले बताए ।

सल्यानका अधिकांश उपभोक्ता स्वच्छ खानेपानीको पहुँचबाहिर

महोत्तरीबाट बेपत्ता भएका ७ जना बालिका र

Leave a comment

Your email address will not be published. Required fields are marked *