‘जब टेकन्द्रलाई श्रृजनाले फोन नम्बर दिइनन्’

जसले आफ्नो जीवनसाथीप्रति विश्वास राख्दछ । उसको माया पनि दिगो हुन्छ । सबै जोडीको माया दिगो हुँदैन । त्यस्तो सफल हुन्छ, जसले एक अर्कालाई बुझ्ने गर्दछन् । हरेक सुख, दुखमा साथ दिने गर्दछन् । एक अर्कामा विश्वासको वातावरण सृजना गर्दछन् । यो कुरा सबै जोडीहरुको लागि लागु हुन्छ । यस्तै आफ्नो पहिलो मायालाई सफल बनाएका जोडी हुन् टेकेन्द्र थापा र श्रृजना तामाङ । प्रस्तुत छ सहकर्मी टेकराज केसीले गरेको कुराकानीमा आधारित यो जोडीको प्रेम कथाको शारासं  :

 

चोकमा पहिलो नजर
टेकेन्द्र थापा र श्रृजना तामाङ एक अर्काबिचमा अपरिचित थिए । टेकेन्द्र सुर्खेतका हुन् भने श्रृजना काभ्रेकी । टेकेन्द्र जागिरको शिलशिलामा काठमाडौं गए ।

जागिर पनि खाइसकेको भन्दै उनलाई घरमा बिवाह गर्न भनिरहेका थिए । ट्राफिक प्रहरीमा रहेका उनी एकदिन काठमाडौंको एउटा चौकमा डीउटीमा थिए । त्यतिकैमा उनको नजर पुग्यो श्रृजनातिर ।

उनले श्रृजनालाई देख्नेवित्तिकै मन पराए । तर बोलाचाल भने भएन । अर्कोदिन पनि श्रृजनासँग उनको भेट हुनपुग्यो । र उनले श्रृजना नाम र नम्बर मागे । श्रृजना ले नाम भनिन् । तर नम्बर भने दिइनन् । उनले सामाजिक संजालमार्फत श्रृजनालाई साथी बनाए । अनि सुरु भयो, उनीहरुको प्रेम कहानी । टेकेन्द्रले प्रस्ताव राखे । श्रृजनाको शंका थियो, पश्चिम सुर्खेतको मानिस एकदुइपटक भेट भएको भरमा निर्णयमा पुग्नुुहुन्न । तर टेकेन्द्रले साह्रै गर्न थालेपछि उनले स्वीकार गरिन् । श्रृजनालाई टेकेन्द्रले सबै वृतान्त बताएपछि मात्र श्रृजनाले स्वीकार गरिन् ।

कानुनी बिवाह
टेकेन्द्र र श्रृजनाले अदालतमा गएर बिवाह गरे । श्रृजनालाई विश्वास दिलाउन टेकेन्द्रले कानुनी रुपमा बिवाह गरेका हुन् । टेकेन्द्रले भनेका थिए, यदी तिमीलाई मेरो विश्वास छैन भने जाउँ अदालनमा गएर बिवाह गरौँ । टेकेन्द्रले यती भनेपछि श्रृजना बिवाह गर्न राजी भइन् ।

अनि कुराकानी शुरु भएको ६ महिनामै २०७२ सालमा उनीहरु बिवाह बन्धनमा बाँधिए । श्रृजनाको घरपरिवारले बिवाह गर्न मानेका थिएनन् । अनि टेकेन्द्रले पनि आफ्नो परिवारलाई बिवाहपछि मात्र सहमत गराएका थिए ।
बिवाह गर्दा उनीहरु परिपक्व भइसकेका थिए । टेकेन्द्र २४ बर्षका थिए भने श्रृजना २२ बर्षकी थिइन् ।

माइती घरबाट पोइली घरमा जाँदा श्रृजनालार्ई सबै कुरा बिरानो थियो । टेकेन्द्र आफ्नो जागिरको शिलशिलामा काठमाडौं गए । अझै उनलाई धेरै समस्या भयो । तामाङको छोरी भाषा संस्कृती सबै फरक थियो । उनलाई घरपरिवासँग घुलमिल हुन धेरै समय लाग्यो । तर टेकेन्द्रको बुवाआमा अनि भाइहरुले भने माइतीमा जस्तै व्यवहार गर्थे । श्रृजना विस्तारै घरपरिवारमा घुलमिल हुन थालिन् ।

एक बर्षसम्म माइतीले बोलाइएन्
टेकेन्द्र र श्रृजनाको बिवाह भएको सिर्जनाको बुवाआमालाई मन परेको थिएन । श्रृजनाको बुवा आमाले छोरीको बिवाह आफ्नै समुदायको केटासँग गराउन चाहान्थे । तर परिस्थिति त्यस्तो नबनेपछि उनीहरु श्रृजनासँग रिसाएका थिए । टाढा बिवाह गरेको उनीहरुलाई मन परेको थिएन ।

तथापी मायाभन्दा यो संसारमा अरु के नै ठुलो छ र ? विहेको एक बर्षपछि श्रृजना र टेकेन्द्रको छोरा जन्मियो । त्यो खबर सुनेपछि मात्र माइतीमा बोलाइयो । माइतीमा गएर टेकेन्द्रले सबै वास्तविकता बुझाएपछि मात्र श्रृजनाका बुवाआमा सहमत भए ।

विवाहपछिको संघर्ष
टेकेन्द्र र श्रृजनाको बिवाहपछिका दिनहरु संघर्षमै विते । टेकेन्द्रको घरमा केही रुपमा आर्थिक समस्या थियो । उनी जागिरे भए पनि उनको तलबले घर खर्च टार्न समस्या थियो ।

भाइहरुलाई पढाउनुपर्ने, घरको सबै जिम्मा टेकेन्द्रको काँधमा थियो । सिर्जनालाई पनि धेरै पढ्न मन थियो । तर परिस्थिति त्यस्तो बनेन । कहिले पनि ठुलो काम नगरेकी श्रृजनालाई घरको सबै काम गर्न गाह्रो हुन्थ्यो ।
एकअर्कालाई दुखमा सम्झाउने कोशिस गर्थे उनीहरु । टेकेन्द्रको भाई इन्डिएन लाहुरे भए ।

अनि दिदी पनि शिक्षक बनेपछि घरको आर्थिक अवस्था सुधार हुँदै गयो । त्यसपछिका दिनहरु भने केही सहज हुन थाले । टेकेन्द्रका सबै भाई जागिर गर्न थाले । टेकेन्द्र र श्रृजना २०७५ सालमा वीरेन्द्रनगर आए ।
टेकेन्द्रको जागिर पनि सुर्खेतमै भयो । श्रृजनाले पनि आफ्नो व्यापार सुरु गरिन् । अहिले उनीहरु खुशीसाथ अगाडि बढेका छन् ।

बाल्यकालको सम्झना
बुवा जेकबहादुर थापा र आमा यामकली थापाको कोखबाट २०४९ सालमा साविकको खानीखोला गाविस हालका सिम्ता गाउँपालिका सुर्खेतमा जन्मिएका टेकेन्द्र घरको जेठो छोरा हुन् । उनका चार जना भाइबहिनी थिए । उनको बाल्यकाल मध्यमले वित्यो ।

घरको आर्थिक अवस्था त्यती राम्रो थिएन । घरको काममा आमा बुवालाई उनी सघाउथे । ५ कक्षासम्म उनले सुर्खेतको खानीखोलामा पढे । उनले एसएलसी काँडा सिम्ताको एक विद्यालयमा गरेका हुन् । अनि प्लस २ भने उनले जनसेवा माविबाट २०६९ सालमा गरेका हुन् । उनको लक्ष्य भनेको प्रहरी हुने थियो । उनी त्यही लक्ष्यलाई बोकेर अगाडी बढे ।

२०७० सालमा उनी ट्राफिक प्रहरी बने । उनी अहिले पनि ट्राफिक प्रहरीमा सुर्खेतमा कार्यरत छन् । बुवा पूर्णबहादुर तामाङ र आमा सुनकुमारी तामाङको कोखबाट वि.स. २०५० सालमा काभ्रेको धुलिखेल नगरपालिकामा जन्मिएकी श्रृजना घरकी जेठी छोरी हुन् । उनका एकजना भाई छन् । उनी पढाइमा धेरै ध्यान दिन्थिन् ।

घरपरिवारमा उनलाई पनि पढ्न सहज थियो । उनलाई कहिले पनि अभावको महशुस भएन । उनका बुवाको एनजिओमा जागिर थियो । उनले २०६७ सालमा एसएलसी पास गरेकी हुन् । २०७० सालमा काठमाडौंको एक विद्यालयबाट प्लस टु गरेकी हुन् । उनले अहिले सुर्खेतमा व्यापार गर्छिन् ।

सल्लाह र सहकार्य
संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । सरकारी जागिरी र व्यापार व्यवसायमा रहेका यो जोडी जे काम गर्दा पनि सल्लाह र सहमतिमा मात्र गर्ने गर्छन् ।

यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । यो जोडी काममा नै धेरै व्यस्त हुने भएकाले सँगै घुम्न जाने, एउटै विषयमा बहस गर्न मन पराउछन् । घरमा केही समस्या आयो भने दुबैले एकअर्कालाई हौसला दिने गर्छन् ।

जीवन कर्म हो
एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन, तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरू बताउँछन् । उनीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो । जीवनमा अनेक दुःख, बाधा अवरोधहरू आइपर्छन् ।

ती दुःख, बाधा, अवरोधहरूलाई सहजताका साथ समाधान गर्ने सक्नु नै जीवन हो । जीवनमा दुःख नगर्ने व्यक्ति सफलतामा नपुग्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने साथी हो । जीवनको हरेक दुखसुखमा अनि जीवनको अन्त्यसम्म साथ दिन्छ उ नै जीवनसाथी हो ।

‘जब टेकन्द्रलाई श्रृजनाले  फोन नम्बर दिइनन्’

प्रधानमन्त्रीकी छोरी स्कुल जान छाडिन, घरको अवस्था

‘जब टेकन्द्रलाई श्रृजनाले  फोन नम्बर दिइनन्’

केपी ओलीसँग ४८–४९ वर्ष लामो मायाप्रिति छ,

Leave a comment

Your email address will not be published. Required fields are marked *