प्रमुख जिल्ला अधिकारीलाई स्वागत

सल्यान, २५ फागुन ।
सल्यानमा भर्खरै नयाँ प्रमुुख जिल्ला अधिकारीको जिम्मेवारी सहित आएकी लक्ष्मीदेवी होमागाईलाई कपुरकोट गाउँपालिकाले स्वागत गरेको छ । गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का लगाएत गाउँपालिका परिवारले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेको हो ।
टिका र खादा ओढाएर स्वागत गर्दै गाउँपालिका अध्यक्ष सेनले आर्थिक तथा सामाजिक विकास संगै जिल्लाको शान्ति सु–व्यवस्था कायम राख्न प्रशासन र स्थानीय तहवीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताएका थिए ।







