सिम्तामा प्रअ बैठकले ग¥यो महत्त्वपूर्ण ७ निर्णय

दुर्गा विसी ।
सर्खेत, १ पुस ।
सुर्खेत सिम्ता गाउँपालिकामा प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । बैठकले सिम्ताको शैक्षिक पक्षको बारेमा व्यापक छाफल गरेको छ । (कोभिड १९) ले पारेको असरका विषयमा र अब विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरेको जनाएको छ ।

बैठकले यहि पुस ५ सम्म इएमआइ एस अपलोड गरिसक्नु प्रर्ने, दोस्रो किस्ताको चौमासिक तलब माग पुस १० सम्म गाउँ शिक्षा शाखामा वुझाइ सक्नुपर्ने, आ।व २०७६/०७७ को सामाजिक लेखापरीक्षण र वितिय लेखापरीक्षण पौष मशान्त सम्म गरिसकने र उक्त प्रतिवेदनका आधारमा ०७७/०७८ को लेखापरीक्षण रकम पठाउने भएको छ ।
त्यस्तै सम्पुर्णना सामुदायिक बिद्यालयको छात्रवृत्ति र पठ्यपुस्तकको बिल भ्रपाई पौष मशान्त सम्म पेस गर्ने, सिम्ता गाउँपालिकाका सबै सामुदायिक बिद्यालयमा (कोभिड १९) सन्दर्भमा बिद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ अनुसार पठन पाठन गराउने निर्णय भएको जनाएको छ । पौष मसान्तसम्म अर्धबार्षिक परीक्षा समेत गराउने, विद्यालयमा दिवा खाजा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/०७८ को अनुसुचि ४० अनुसारको मापदण्डमारहि सञ्चालन तथा ब्यबस्थापन गर्ने निर्णय भएको गाउँ शिक्षा शाखाका विन्द अधिकारीले जानकारी दिनु भएको छ ।
विद्यालय सञ्चालन गर्दा निकै सावधानी अपनाउन र मास्क र कोभिड वारे सजगता अपनाउन समेत अपिल गरिएको छ ।धेरै लामो समय पछि विद्यालयको पठनपाठनमा र शैक्षिकसत्र सञ्चालनका विषयमा व्यापक छलफल गरिएको छ । सरकारले गरेको निर्देशन र निर्देशिकालाइ अक्षरस पालन गरि पठनपाठनमा सञ्चालन गर्न गराउन सिम्ता गाउँपालिका गाउँ शिक्षा समिति तथा प्रअ बैठकले सबैलाई आह्वान गरेको छ । आंशिकरुपमा २ महिना अघि देखि सिम्तामा पठनपाठन सञ्चालन गरिएको थियोे ।






