कर्णाली प्रदेशकै पहिलो कोल्ड स्टोर सञ्चालनमा

सुर्खेत, १ पुस ।

कर्णाली प्रदेशकै पहिलो कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेशको प्रवेशद्वारमा भेरीगंगा नगरपालिका १० झिलमिले छिन्चुमा दुई सय मेट्रीकटन क्षमता भएको कोल्ड स्टोर सञ्चालनमा ल्याइएको हो । भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री बिमला केसीले उक्त कोल्ड स्टोरको उद्घाटन गरेकी हुने ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसीले गरिबीको पहिचान बदल्न सहकारीको महत्त्वपुर्ण भुमिका रहेको बताइन् । त्यस्तै अर्थतन्त्रको तीन खम्बे नितिमा सहकारी मुलुक समृद्धिको बलियो आधार भएको समेत बताइन् ।

कर्णाली प्रदेशमा कृषिमा प्रशस्त सम्भावनाको प्रदेश भएको र भेरीगंगा नगरपालिका यो प्रदेशको प्रदेशद्धारको रुपमा रहेको र किसानहरुको उत्पादनलाई सुरक्षित रुपमा भण्डारण गरी राख्न यो प्रदेशमा शित गृह नभएको हुदाँ कर्णाली प्रदेशमै पहिलो शित गृह निमार्ण गरिएको हो ।

मौसमी रुपमा प्रशस्त मात्रामा उत्पादन भएका कृषिजन्य उत्पादनलाई शितगृहमा भण्डारण गरी बजारमा माग भएको समयमा अथवा बेमौसमी बजारमा उक्त उत्पादनलाई बेच्न सकियो भने किसानहरुले आफनो बस्तुको राम्रो मुल्य पाउन र किसानहरुको जिबन स्थिर माथी उकास्नका लागि यो शित गृह निमार्ण गरिएको हो ।

कोल्ड स्टोर साना किषान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध नारी जागरण बहुउदेश्यीय कृषि समुहले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । कोल्ड स्टोर निर्माण गरिएपछि आलु, तरकारी, फलफूल, विउ कोहलपुर पु¥याउनु पर्ने बाध्यता अन्त्य भएको छ ।

उक्त कार्यक्रममा साना किसान कृषि सहकारीका अध्यक्ष ज्ञानु भुषाल , प्रदेश सभा सदस्य कर्णाली प्रदेशका अमृता शाहि, प्रदेश सभा सदस्य कर्णाली प्रदेशका पदमा खडका, प्रमुख सचेतक कर्णाली प्रदेशका सिता नेपाली, भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्द, उप प्रमुख रेणु आर्चाय ढकाल , गुर्भाकोट नगरपालिकाका उप प्रमुख मैना विक, कृषि बिकास निर्देशनलय सुर्खेतका निर्देशक चित्र बहादुर रोकाय, उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोम राज ढकाल, कृषि अधिकृत याम बहादुर राना लगायत बिभिन्न सहकारी कर्मी र कृषकहरुको समेत उपस्थिती रहेको थियो ।

कर्णाली प्रदेशकै पहिलो कोल्ड स्टोर सञ्चालनमा

सिम्तामा प्रअ बैठकले ग¥यो महत्त्वपूर्ण ७ निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *