सुर्खेतमा पनि खुल्यो क्षेत्रीय पर्यटन सूचना केन्द्र

सुर्खेत : कर्णालीमा आउने पर्यटकलाई पर्यटीय क्षेत्रको सूचना दिने उद्देश्यले सुर्खेतमा क्षेत्रीय पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।

सूचना केन्द्रको भवन उद्घाटनमा बोल्दै उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री नन्दसिंह बुढाले संघीय सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताए ।

कर्णालीको पर्यटन सचिवालयको रुपमा समेत प्रयोग गर्ने योजना रहेको बताउँदै मन्त्री बुढाले प्रदेशमा आउने पर्यटकहरुको सूचना राख्न र यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्नका लागि केन्द्रले काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले पर्यटकनको विकासमा नीजि क्षेत्रले गर्नु पर्ने कार्यहरु गर्नका लागि नीजि क्षेत्र तयार रहेको बताए ।

त्यस्तै सुर्खेत काँक्रेविहार यातायात व्यावसायी प्रालिका अध्यक्ष रमेश सापकोटाले यातायात क्षेत्रले पनि पर्यटकीय विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

तपाईको प्रतिक्रिया