दैलेखका कोरोना संक्रमित एक वृद्धको सुर्खेतमा मृत्यु

सुर्खेत, २५ मंसिर ।

कर्णाली प्रदेशका कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–५ दैलेखका ८७ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा विहीवार विहान मृत्यु भएको हो ।

कोभिड–१९ अस्पतालमा मंसिर १५ गते भर्ना गरिएका वृद्धको सोही दिन कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबारदेखि उनलाई इन्सुलिनबाट उपचार शुरु गरिको उनको विहीवार (आज) विहान ८ बजे मृत्यु भएको हो ।

उनको शव व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य र नेपाली सेनाले समन्वय गरिरहेको छ । यो संगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

दैलेखका कोरोना संक्रमित एक वृद्धको सुर्खेतमा मृत्यु

ओली बाको सातो गएछ क्या ?

सम्पादकीयः कुष्ठरोग पाप होइन

Leave a comment

Your email address will not be published. Required fields are marked *