बिओके र हिमालयन बैंकले चीनमा जिते मुद्दा

काठमाडौं, २१ काीत्तक ।

बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकको काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका छन्। दुवै बैंकको रकम चाइना कन्स्ट्रक्सन बैंकले फिर्ता गर्नुपर्नेगरी हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले आदेश दिएको हो।

बैंकका पक्षमा फैसला आएसँगै रकम फिर्ता पठाउनका लागि आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरिने बैंक अफ काठमाण्डुका सिइओ शोभनदेव पन्तले जानकारी दिए।

‘आजै हामीले अदालतको फैसला पायौं, नेपाली दुवै बैंकको पक्षमा फैसला आएको छ, पैसा फिर्ताका लागि हामीले आजै पत्राचार गर्नेछौँ’ पन्तले सेतोपाटीसँग भने।

यसअघि मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत नेपालमा हिमालयन तथा बिओकेबाट ग्यारेन्टी रकम प्राप्त गरेको थियो। बीचमा ठेकेदार कम्पनीले काम छोडेपछि नेपाली बैंकहरुले कम्पनीलाई प्रदान गरिसकेको रकम निश्क्रिय रहँदै आएको थियो।

पन्तका अनुसार बिओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर ९७८ करोड ८३ लाख० को ग्यारेन्टी रकम प्रदान गरेको थियो। त्यस्तै हिमालयन बैंकको करिब ६२ करोड रुपैयाँ फसेको थियो। मेलम्चीको काम छाडेपछि ठेकेदार कम्पनीले नेपालका बैंकहरुले फ्रड गरेको भन्दै यहीं झेङझाओ कोर्टमा निवेदन दिएको थियो।

त्यसपछि सो अदालतले निवेदककै पक्षमा निर्णय गरेको थियो। पछि नेपालका बैंकहरु उच्च अदालत गएका थिए। उच्च अदालतले तल्लो अदालतलाई अन्तर्राष्ट्रिय बैंकिङ पद्धति र चिनीयाँ कानुनअनुरुप नदेखिएको भन्दै निर्णयमाथि पुर्नविचार गर्न आदेश दिएको थियो।

अगष्टमा यसको सुनुवाई भएको पन्तले बताए। अब अदालतको आदेशविपरित हारेको कम्पनी उच्च अदालत जान सक्नेछ। तर उच्च अदालतले नै यसअघि तल्लो अदालतलाई पुनर्विचार गर्न आग्रह गरेकाले अब रकम प्राप्त हुने विश्वास लिइएको पन्तले बताए।

सेतोपाटीबाट साभार ।

बिओके र हिमालयन बैंकले चीनमा जिते मुद्दा

संक्रमितको निःशुल्क उपचार गर्न संसदीय समितिको निर्देशन,

बिओके र हिमालयन बैंकले चीनमा जिते मुद्दा

लागु औधषसहित दुई जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *