लागु औधषसहित दुई जना पक्राउ

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, २१ कात्तिक ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १२ किलो लागु ओैषधसहित दुई जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका ९ स्थित राडिबजारमा रहेको धिरेन्द्र शाहको घरमा बस्ने जाजरकोट नलगाड नपाका ८ बस्ने बर्ष ४६ को माल बहादुर सिंह र ६० वर्षीय काली बहादुर सिंहको साथबाट उक्त सामाग्री बरामद गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, ब्यूरो सुर्खेतको टोली, जिप्रका रुकुम पश्चिम र ईप्रका आठबिसकोटबाट खटिएको टोलीले निज धिरेन्द्र शाहको घरमा खानतलासी गर्ने क्रममा १२ लागु औषधसहित निजहरु दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि बहादुर ओलीले जानकारी दिए ।

लागु औधषसहित दुई जना पक्राउ

बिओके र हिमालयन बैंकले चीनमा जिते मुद्दा

लागु औधषसहित दुई जना पक्राउ

३३ बर्षपछि कालोपत्रे हुँदै राजधानी जोड्ने सडक

Leave a comment

Your email address will not be published. Required fields are marked *