संक्रमितको निःशुल्क उपचार गर्न संसदीय समितिको निर्देशन, मन्‍त्रिपरिषद्‌मा प्रस्ताव

काठमाडौं, २१ कात्तिक ।

संघीय संसद्अन्‍तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको समितिका सदस्य सांसद सरिता न्यौपानेले जानकारी दिइन्।


समितिको निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्नेसम्बन्धी प्रस्ताव छिटै मन्‍त्रिपरिषदमा लैजाने भएको छ। समितिमा उपस्थित सचिव लक्षमण अर्यालले मन्‍त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिएका हुन्।

यसअघि सर्वोच्च अदालतले पनि कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई परमादेश दिएको थियो। आदेशविरुद्ध सरकारले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधबार खारेज गरेको थियो। कोरोना संक्रमित सर्वसाधारणको उपचारबाट पन्छिने गरी असोज १९ को मन्त्रिपरिषदको निर्णयको सबैतिरबाट विरोध र आलोचना भएको थियो। बैठकमा सहभागी सांसदहरुले स्वास्थ्य संकट ९हेल्थ इमर्जेन्सी० घोषणा गर्न प्रस्ताव गरेका छन् ।

संक्रमितको निःशुल्क उपचार गर्न संसदीय समितिको निर्देशन, मन्‍त्रिपरिषद्‌मा प्रस्ताव

बसपार्क सञ्चालनमा पुनः विवाद, ठेकेदारको मनपरी कि,

संक्रमितको निःशुल्क उपचार गर्न संसदीय समितिको निर्देशन, मन्‍त्रिपरिषद्‌मा प्रस्ताव

बिओके र हिमालयन बैंकले चीनमा जिते मुद्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *