कर्णालीको नेकपा विवादः पार्टीले गर्ने निर्णय मान्न दुबै पक्षलाई प्रधानमन्त्रीको निर्देशन

सुर्खेत, २ कात्तिक ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र कर्णाली प्रदेशमा देखिएको विवाद समाधानको लागि बालुवाटारमा छलफल भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि उत्पन्न विवादलाई समाधान गर्ने विषयमा बालुवाटारमा छलफल भएको हो । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दुबै पक्षसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा मुख्यमन्त्री शाहीले सरकारले हालसम्म गरेका कामकारबाही, सरकार सञ्चालन गर्दाका समस्या र सांसदहरु असन्तुष्ट हुनुको कारण राखेको थिए । त्यस्तै नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज एवम् सांसद यामलाल कँडेलले सरकारका काम कारबाहीबाट पार्टीप्रति जनविश्वास घट्दै गएको, साढे दुई वर्षमा पनि सरकारले लोकप्रिय काम गर्न नसकेको र सरकार सञ्चालनका लागि मुख्यमन्त्री सक्षम नभएको भनाइ राखेका थिए ।

दुबै पक्षको कुरा सुनेपछि प्रधानमन्त्रीी ओलीले दुई अध्यक्ष बसेर उपयुक्त निर्णय गर्ने र पार्टीले गरेको निर्णय दुबै पक्षले मान्न तयार हुनुपर्ने बताएका थिए । ‘चाँडै कर्णालीमा देखिएको विवाद मिलाउँछा,ैँ तर दुबै पक्षले पार्टीले गरेको निर्णय मान्न तयार हुनुपर्छ’ प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सहभागी नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले भने ‘प्रधानमन्त्रीले छिट्टै विवाद टुङ्गाउछु भन्नु भएको छ ।’ प्रधानमन्त्रीले तत्काल कर्णालीमा देखिएको गतिरोध अन्य गर्नुपर्ने पक्षमा रहेका कारण एक÷दुई दिनमै निर्णय हुने शर्माको भनाइ छ ।

छलफलमा पार्टी महासचिव विष्णु पौडेल, सहइन्चार्ज यामलाल कँडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजङ्ग शाह र चन्द्रबहादुर शाही सहभागी भएका थिए । मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले असोज २७ गते पत्र काट्दै काठमाडौँ बोलाएका थिए । त्यस्तै अध्यक्ष प्रचण्डले पनि कर्णालीमा विवाद हुनुको कारणबारे दुबै पक्षसँग बिहीबार र शुक्रबार नै छलफल गरिसकेका छन् । बरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिएका छन् । अध्यक्ष प्रचण्ड र नेता नेपालले पनि सहमति अनुसार पार्टीले निर्णय लिने बताउँदै आएका छन् ।

निर्णय नहँुदासम्म काठमाडौंमै बस्न आग्रह

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विवाद समाधानका लागि पार्टीले निर्णय नगर्दासम्म काठमाडौं नछाड्न नेताहरुलाई आग्रह गरेका छन् । जुनसुकै समयमा पनि पार्टीले निर्णय लिन सक्ने र आवश्यक परे दुबै अध्यक्षसँग संयुक्तरुपमा छलफल हुन सक्ने भन्दै काठमाडौं नछोड्न निर्देशन दिएका हुन् । दुबै अध्यक्ष बसेर कर्णालीको समस्या समाधान गर्ने तर निर्णय नहुँदासम्म काठमाडौँ नछोड्न नेताहरुलाई आग्रह गरेका छलफलमा सहभागी मायाप्रसाद शर्माले बताए । शनिबार बिहान प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश कमिटीमा आएको विवादबारे पदाधिकारीहरुको ब्रिफिङ सुनेपछि यस्तो आग्रह गरका हुन् । प्रधानमन्त्रीको आग्रहपछि दुबै पक्षले निर्णय भएपछि मात्रै कर्णाली फर्कने बताएका छन् ।

प्रचण्ड र जनार्दन छलफलमा गएनन्

कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा गरेको छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा छलफलमा सहभागी भएनन् । प्रचण्डले कर्णालीका नेताहरुसँग यसअघि नै छलफल गरिसकेको भन्दै छलफलमा सहभागी नभएका हुन् । त्यस्तै कर्णली प्रदेशका इन्चार्ज शर्मा भने स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण छलफलमा सहभागी हुन नसेको बताएका छन् । प्रधानमन्त्री बोलाएको छलफलमा अध्यक्ष प्रचण्ड र पार्टी इन्चार्ज शर्मा सहभागी नहुनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । शर्मा र कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रचण्ड निकट हुन् । कर्णालीमा बिद्रोहको नेतृत्व गर्ने सांसद यामलाल कँडेल भने प्रधानमन्त्री ओली निकट हुन् ।

पार्टीले गरेको निर्णय मान्छौं ः शाह

यस्तै छलफलमा सहभागी सांसद गुलावजंग शाहले पार्टीको निर्णयअनुसार नै आफूहरु अगाडि बढ्ने बताए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णालीमा विवाद उत्पन्न हुनुको वास्तविक कारण थाहा पाएको र अब छिट्टै निर्णय हुने उनको भनाइ छ । ‘हामीले दुबै अध्यक्षसँग कर्णालीमा विवाद उत्पन्न हुनका कारण स्पष्ट रुपमा राखेका छौं’ शाहले भने, ‘विवाद हुनुको कारण उहाहरुले बल्ल बुझ्न् भएको छ, अब पार्टीको हित अनुकुल निर्णय लिनु हुनेछ ।’ केन्द्रले कर्णालीको वास्तविक समस्या बुझ्न नसकेका कारण विवाद देखिएको र अब अध्यक्षद्वयले उपयुक्त निर्णय लिने उनको विश्वास छ । ‘पार्टीले कर्णालीको वास्तविक समस्या नबुझ्दा समस्या आएको थियोे’ शाहले भने, ‘अब अध्यक्षद्वयले पार्टी र जनताको हित अनुकुल निर्णय लिनु हुनेछ ।’ अध्यक्षद्वयले गरेको निर्णय नै आफू मान्न तयार रहेको शाहको भनाइ छ । ‘पार्टीको निर्णय मान्नुपर्छ भनेर नै हामी काठमाडौँ आएका हौँ’ उनले भने, ‘अब अध्यक्षद्वयले गरेको निर्णय मान्नुको विकल्प छैन ।’

‘पार्टीको निर्णय मान्नुको विकल्प छैन’

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दुबै पक्षले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताए । ‘प्रधानमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीले सरकारले हालसम्म गरेका काम र काम गर्न नसक्नुका कारण राख्नुभयो’ शर्माले भने, ‘अर्काे पक्षले सरकारले गर्न सक्ने काम पनि नगरेको भन्नुभयो, दुबै पक्षका कुरा सुनेपछि प्रधानमन्त्रीले छिट्टै निर्णय गर्छौं भनेर पठाउनु भयो ।’

‘दुबै अध्यक्षले कर्णालीमा विवाद हुनुको समस्या बुझ्नु भएको छ, सम्भवत एक÷दुई दिनमै निर्णय हुन्छ होला’ शर्माले भने, ‘प्रधानमन्त्रीले पार्टीले निर्णय नगर्दासम्म काठमाडौ नछोड्न भन्नु भएको छ ।’ सरकार परिवर्तन हुने कि यही सरकारलाई निरन्तरता दिने भनेर अध्यक्षद्वयले छिट्टै टुङ्गाउने उनको भनाइ छ । एक अर्काको आरोप–प्रतिआरोपको विषय अब केन्द्रमा पुगि सकेको भन्दै अध्यक्षद्वयले गरेको निर्णय नै दुबै पक्षले मान्नुको विकल्प नभएको शर्माको भनाइ छ । ‘सरकार कसले चलाउनेभन्दा पनि कसरी चलाउने भन्ने मुख्य विषय हो’ उनले भने, ‘पार्टीले जे निर्णय गरे पनि अब सरकार र सरकार बाहिर बस्ने दुबै पक्ष मिलेर अगाडि बढ्नुपर्छ ।’

कर्णालीको नेकपा विवादः पार्टीले गर्ने निर्णय मान्न दुबै पक्षलाई प्रधानमन्त्रीको निर्देशन

भेरी अस्पतालमा ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु

कर्णालीको नेकपा विवादः पार्टीले गर्ने निर्णय मान्न दुबै पक्षलाई प्रधानमन्त्रीको निर्देशन

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ६ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *