संविधान दिवसमा राष्ट्रिय झण्डा फहराईने

सुर्खेत, ३१ भदौ । 

संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले असोज तीन गते औपचारिक समारोहको आयोजना गर्ने भएको छ । असोज तीन गते शनिबार विहान मंगलगढी चोकबाट र्‍याली निकालेर जिल्ला समन्वय समितिको हलमा संविधान दिवस मनाईने भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीको अध्यक्षतामा मूल समारोह समितिको बसेको वैठकमा असोज दुई गते हरेक सरकारी कार्यालयको छतमा राष्ट्रिय झण्डा फहराउने तथा सरसफाई गर्ने कार्यक्रम तय भएको सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिईन ।

उनका अनुसार असोज तीन गते साँझ घण्टाघर डबलीमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा दिप प्रज्ववलन कार्यक्रम सञ्चालन हुनेछ भने असोज ४ गते विभिन्न सामूदायिक वनहरुमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले वृक्षारोपण कार्यक्रम गर्ने भएको मन्त्री खड्काले जानकारी दिईन ।

संविधान दिवसमा राष्ट्रिय झण्डा फहराईने

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

संविधान दिवसमा राष्ट्रिय झण्डा फहराईने

‘प्रतियोगितामा सहभागि सबै खेलाडीलाई नगदै दिन्छौँ’

Leave a comment

Your email address will not be published. Required fields are marked *