प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

काठमाडौँ, ३१ भदौ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा रु १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।
त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा रु दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ । राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकाशा गरिएको थियो ।






