सामन्ती संस्कार नेपालका पार्टी नेतृत्वमा कहिले अन्त्य होला ?

पृथ्वी बहादुर सिंह/लेखक

बाबु खडके महतारा, आमा तुल्सादेवी महताराबाटका चार बहिनी, दुई भाई मध्ये कान्छा छोराको रुपमा पुरानो बजेडिचौर गा.वि.स ७ वडाका“डा हाल सिम्ता गा.पा. वार्ड न. ५ आली सुर्खेतमा २०३७ साल आश्विन ५ गते निम्न मध्ययमा परिवारमा जन्मेका थिए जगत महतारा ।

७ वर्षको हु“दा सिम्ता ५ बजेडा आली ने.रा.प्रा.वि.आलिमा अध्ययन शुरु गरेका थिए । ८ वर्ष हु“दा वुवाको स्वासप्रश्वास विरामीबाट मृत्यु हुन गयो । कक्षा–५ त्यही विद्यालयबाट उत्तिर्ण गरी कक्षा– ६, ७ नि.मा.वि.सिम्ता साहुखोला सुर्खेत उत्तिर्णपछी ८ देखी १० जन कल्यान मा.वि.काप्रिचौर पास गरे । त्यो भन्दामाथी अध्ययन गर्न आफ्‌नो घर ब्यवहारले नधान्दा भारतको गुजराज ? श्रम गर्न गएर चार बर्ष बिताएका थिए । त्यसपछी थप धन कमाउन भनि अरवियन मुलुकको कतार पुगी १८ महिना श्रमदास गरी कम्पनीबाट भागि एक महिना जेल बसी घर सिम्ता फर्केका थिए । त्यसपछी ससुरा शेर बहादुर राना, सासु गौरीका चार भाई छोरा, तीन बहिनि छोरी मध्ये जेठी विमला राना महतारासंग २०५६ सालमा मागी विवाह गर्न पुगेका थिए । 

विदेश श्रमिक भै स्वदेश फर्किएछि २०६४ सालमा एसएलसी परीक्षा श्री भानु मा.वि. बजेडिचौरबाट उत्तिर्ण गरेपछि श्री बागेश्वरी मा.वि. राकम सिम्ता सुर्खेतबाट १०+२ पास गरी सिम्ता बहुमुखी क्याम्पस राकमबाट बिए पास गरी डिग्री अध्ययनरत छन् । विद्यार्थी जीवनमा भलिवल खेलाडी प्रथम सटर हु“दा सम्मान पाउ“दा एम्वुस समेत भै भानु.मा.वि., वागेश्वरी मा.वि. खेलाडी भएर म.प. क्षेत्रीय खेलाडीका साथै गा.वि.स स्तरिय खेलाडी भएर वीरेन्द्रशील खेलाडीमा सहभागी मै आएका थिए । 

त्यस्तै २० सालमा डोरी तान्ने खेल वंगाला देशको आयोजनामा नेपालको तर्फवाट सहभागी भएर गै प्रथम शिल्ड मेडल प्राप्त गरेपछी सिम्ता गा.पा. ले सम्मानसहित ३० हजार नगद रुपैया प्रदान गरेको थियो । हाल वर्तमान विभिन्न संघ, संस्था सेवा, सिम्ताली युवा क्लब अध्यक्ष, रानी सामुदायिक वन सिम्ताका अध्यक्ष, सिम्ता गा.पा. शिक्षा तथा खेलकुद विकास समिती सदस्य, मा.वि. नेवारे सुर्खेत अभिभावक संघ अध्यक्ष, मिथिला ऐकेडेमी आलीको अध्यक्ष, श्री.ने.रा.मा.वि बजेडा आली सिम्ता व्यवस्थापन समिति सदस्य, सिम्ता गा.पा. डोरी तानको अध्यक्ष पद समेत सम्हाली रहेका छन् । ८२ बर्षे आमा को सेवा गर्दै श्रीमती, २ छोराको साथमा सिम्ता गा.पा.५ आलीमा कृषि पशुपालन फार्म सञ्चालन गर्दै दुबै छोरा मा.वि. स्तरको अध्ययनरत पढाईमा छन् । 

जेठी छोरी विवाह बन्धनमा बा“धिएकी छिन । निरंकुश एक दलिय पञ्चायत व्यवस्था अन्त्य राजतन्त्र सहितको वहुदलिय, प्रजातन्त्र २०४६ सालको प्रथम जनआन्दोलन प्राप्त भयो । २०५२ साल सशस्त्र माओवादी समाजवाद, साम्यवाद ल्याउने सशस्त्र विद्रोह गरी राज्य पक्ष, विद्रोही पक्षबाट १७ हजार उल्लेख भएपनि थप अरु २० हजारले ज्यान गुमाए । यही मौकामा चौका थाम्न नाराणहिटी राजदरवारमा शुक्रवारे रात्री भोजमा श्री ५ वीरेन्द्रको सपरिवार नास गरियो । शाही सेना रमिते भएर हेरी रह्यो । संसदवादी माओवादी आम्ने साम्ने बन्दुक उठाएकालाई राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरी राजकिय सत्ता आफ्‌नो हातमा लिएर संसद र मन्त्रीहरुलाई साँचि राखी गरेर निरंन्कुश राजा हुन गए । संसदवादी माओवादी आम्ने साम्ने बन्दुक उठाएका हतार हतार गरेर दुवै दिल्ली दरवार सा“क्षी राखी सयुँक्त जन आन्दोलन दोस्रो गर्न पुगे । २०६४ को संसद निर्वाचनले राजा ज्ञानेन्द्रलाई जनताको नासो जनतामा फर्काउन बाध्य पार्यो । संसदले २४२ बर्षे राज संस्थाको नेपाली भुमिबाट अन्त्य गराए । ९ बर्ष को संविधान तानातानपछी २०७३ आश्विन ३ गते संविधान घोषणा गरियो । बहुदलिय प्रजातन्त्रपछी लोकतान्त्री गणतन्त्र शक्ति विकेन्द्रकरण संविधान घोषणाले अब स्वदेशमा नै नेपाली जनताले श्रम पोखी सम्बृद्ध हुनेछ । 

सुशासन हुने छ भनि सपना देखेका थिए जनताले । लामो समय जेल यातनादेखी फा“सीमा लट्काएका नातेदार गणतन्त्र प्राप्तपछि मतदाताले तिनै सेनानीहरुलाई विजयी बनाएर राज्यका तिनै तहमा पठाए । २०४८ संसद २०४९ स्थानीय निर्वाचन गराएर अहिलेसम्म सत्ता उभिएका छन् । सुशासन सपना देखाएर उभिएर विजयी पटक पटक पुगी मन्त्री प्रधानमन्त्री हुन पुगी उही निरन्कुश सामान्तवाद लगाएको सामान्ती संस्कार दलाल मनोबृद्धि छोड्न नसकी सत्ताको टुप्पोमा झुण्डिन कमाउन, नातावाद, कृपावाद, धनवाद लागि एउटा पार्टी सरकारले ५ वर्ष शासन चलाएको रेकर्ड आएको छैन । यसै बिषयलाई केन्द्र बनाएर २०८३ भाद्र २३,२४ गते उठेको जेन्जी नामको नव युवा आन्दोलन, विद्रोहले सत्ता ढाली दिएर संसदमा युवा वहुमत लिएर उभिएका छन्, अझै ति प्रजातन्त्र सेनानी भनिने सामान्ती संस्कार छोडन नसकेका चेतना कमजोर दलालहरुका बिचमा उभिएर पार्टी नेता भैइरहन अदालत पुग्छन मिडियामा अहम्ता देखाउँछन । प्रायःनेपालका पुराना पार्टी नेतृत्व उभिन मात्र खोज्ने कृटनिती नमान्ने मिलीजुली ५ वर्ष सरकार चलाउन नसक्ने प्रदेश सरकार समेत अस्थिरता बनाउने केन्द्रियता लादने तलकाले पनि सामान्ती संस्कार छोडन नसकी माथी आदेश पर्खेर बस्ने आजका मितिसम्म आउँदा कहिले यिनीहरुले कम्वोडिया बनाउँछन कि सिकीमीकरण विलय भएको जस्तै बनाउँछन वा नभएर साम्राज्यवादी प्रभुत्ववादी चंन्गुलमा ना“च्दै हैटी, सुडान बनाउछन् की हाम्रो मानवीय श्रमदास बनाईरहन्छन की प्राकृतीक सम्पदा लुटाई रहन्छनकी भनि चेतनशील नेपालीजनमा चिन्ताले घर घेर्न थालेको छ । पुराना पार्टी नेतृत्वमा सामान्ती संस्कार कहिले अन्त्य होला चेतना भया ।     

सामन्ती संस्कार नेपालका पार्टी नेतृत्वमा कहिले अन्त्य होला ?

जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई  थप वित्तीय

सामन्ती संस्कार नेपालका पार्टी नेतृत्वमा कहिले अन्त्य होला ?

भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक

Leave a comment

Your email address will not be published. Required fields are marked *