अमेरिकी सरकारद्वारा ४० टन आपत्कालिन राहत सामग्री सहयोग

काठमाडौँ, १८ भदौ ।
संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी विनाशकारी बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्याउन ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।
उक्त सामग्रीमा बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थाहरूमार्फत दुई हजार ६०० परिवारलाई सहयोग पुर्याउन पर्याप्त पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीहरू समावेश रहेका यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।दूतावासले नेपालको आवश्यकताअनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ ।






