भोटेकोशी बाढीको वितण्डा :  कर्णालीका दुई सय सत्तरीको अवस्था अज्ञात

सुर्खेत, १७ भदौ ।

भदौ १० गते आएको भोटेकोसीको बाढी पश्चात कर्णाली प्रदेशका दुई सय सत्तरी जना सम्पर्कविहीन भएको कर्णालीका दश जिल्लाका २२९ पुरुष, ३३ जना महिला, पाँच जना बालक र ३ जना बालिकागरि २७० जना आफन्तको सम्पर्क विहीन बनेका हुन ।

सुर्खेतका २० जना, दैलेखका ७ जना, जाजरकोटका ११ जना, सल्यानका ५९ जना परिवारको सम्पर्कमा छैनन् । त्यस्तै, रुकुमपश्चिमका १९ जना, कालिकोटका ६ जना, जुम्लाका ११३ जना सम्पर्कविहीन बन्दा मुगुका १९ जना, डोल्पाका ४ जना र हुम्लाका १२ जना सम्पर्कविहीन बनेका हुन ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार हालसम्म सल्यानका एक जनाको बाढीमा परेर मृत्यू भएको छ । उक्त बाढीमा परि सम्पर्कमा ७५ जना आएका छन् भने सम्पर्कमा आउन बाँकी १९४ जना रहेका छन् ।

उनकाअनुसार सम्पर्कमा आउन बाँकी रहेकाहरु सुर्खेतका १६ जना, दैलेखका ५ जना, जाजरकोटका ३ जना, सल्यानका ५४ जना, रुकुम पश्चिमका ९ जना रहेका छन् । त्यस्तै, कालिकोटका ६ जना, जुम्लाका ८१ जना, मुगुका ११ जना सम्पर्कमा आउन बाँकी रहेका छन भने डोल्पाका २ र हुम्लाका ७ जना सम्पर्कमा नआएको प्रवक्ता राठौरले बताए ।

उनका अनुसार दिउँसो १२ बजेसम्मको यो विवरण हो । हालसम्म कर्णालीका एक जना बाहेक अरुको मृत्यू भएको पुष्टि हुनसकेको छैन ।

भोटेकोशी बाढीको वितण्डा :   कर्णालीका दुई सय सत्तरीको अवस्था अज्ञात

६ वर्षपछि सञ्चालनमा आयो  विषादी द्रुत अन्वेषण

भोटेकोशी बाढीको वितण्डा :   कर्णालीका दुई सय सत्तरीको अवस्था अज्ञात

भोटेकोशी बाढीपछि बर्दियाका ९० जना अझै सम्पर्कविहीन

Leave a comment

Your email address will not be published. Required fields are marked *