सान्नीत्रिवेणीद्धारा दैवी प्रकोप उद्धार कोषमा २ लाख सहयोग

जुम्ला, १६ भदौ ।
कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख दाखिला गरेको छ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्यउने उद्देश्यले उक्त रकम दाखिला गरिएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिए । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा प्रभाव परेको छ ।






