अधिकृतहरुको ३६ औं ब्याचद्वारा बाढीपीडितलाई सहयोग

सुर्खेत, १६ भदौ । 

नेपाल सरकारका अधिकृतहरुको ३६ औं ब्याचले रसुवा बाढीपीडितका लागि तीन लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुका लागि अधिकृतहरुको ३६ औं ब्याचले तीन लाख ३४ हजार आठ सय २३ रुपैयाँ सहयोग गरेको हो ।

संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको अधिकृत मौसम भुषालले जानकारी दिए । ‘भोटेकोशी बाढीमा हाम्रो समूहका पनि धेरै सम्पर्कविहीन हुनुभएको छ, उहाँहरुको तत्काल उद्दारका लागि अनुरोध गरेका छौं,’ भुषालले भने, ‘पीडितहरुका लागि हामीले पनि सक्दो सहयोग गर्न खोज्यौं, ३६औं ब्याचबाट स्वेच्छिक रुपमा प्राप्त सहयोग कोषमा जम्मा गरेका छौं ।’ 

कुनै पनि व्यक्ति, निकाय वा समूहबाट हुने सहयोग पीडितका लागि महत्वपूर्ण राहतका रुपमा हुने महसुश आफूहरले गरेको उनले बताए । उनका अनुसार कोषमा जम्मा गरिएको उक्त सहयोगमा ३६औं ब्याचका अधिकांश अधिकृतहरु सहभागी भएका छन् ।

अधिकृतहरुको ३६ औं ब्याचद्वारा बाढीपीडितलाई सहयोग

सान्नीत्रिवेणीद्धारा दैवी प्रकोप उद्धार कोषमा २ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *