घुयँत्राे:‘सरकारको आलोचना गरे टिमुरे सरुवा’: निरौलाले पाए सामाजिक सञ्जाल पोस्टको ‘सरकारी उपहार’!

काेशी प्रदेशका सचिव काेषहरि निराैला ऐले खुब चर्चाँ छन । अँझ सामाजिक सन्जालकाे भाषाँ भन्ने हाे भने खुब भाईरल भा छन । उनले लास र बिगतकाे अनुभव सुनाएर सामाजिक सन्जालाँ याैटा अनुभव के पाेष्ट्याथे ! बस,सरकारका सल्लाहकारले सामान्य प्रशासन मन्त्री काँ जाहेरी गरि हालेछन । हुन त सल्लाहकारकाे कामै त्यै हाे । सरकारकाे बिराेध हुन नदिनु र कतैबाट बिराेध आईहाले फटाकसे सम्बन्धित मन्त्री वा व्यक्तिकाँ जाहेर गरि हाल्नु उनरकाे धर्म पनि त हाे । त्यसैका लागि त सरकारले नि मन्त्रीहरुलाई त्यति धेरै सल्लाकार नियुक्त गर्ने अधिकार देर राज्यकाे ढुकुटी खन्याछ । त्यसैले ऐलेकाे सरकार चाहन्छ आफ्ना गल्ती कमिकमजाेरी देखाएर कसैले निन्दा नगराेस । सम्पूर्ण जनताकाे नजरमा सरकार हाईहाई बनेर बसाेस ।यस्तो साेच राख्ने सरकारका विरुद्ध कसैले कमेन्ट गर्ने ? कमेन्टनि अरुले हाे र आफ्नै तलब खाने कर्मचारीले गर्ने ? यस्ताे देखेसि अनि तब त मन्त्री ज्युलेनि धडाक से सहसचिव निराैलाकाे सरुवा गरेर देखाई दि हाल्नु भाे कि बालेन सरकारकाे आलोचना गर्दा कति महँगाे फि तिर्नु पर्छ भनेर । मन्त्री नि बाठि रैछिन । ला त ! ऐलेकाे सबभन्दा अप्ठ्यारो ठाउँ भन्या त्यै रसुवाकाे टिमुरे हाे ।त्यै रसुवाकाे टिमुर्याँ गएर काम गर अनि बल्ल था पाउलास सरकारकाे आलोचना कति महँगाे हुन्छ भनेर पठाई दिई हाल्नु भएछ ,अब भएन त फसाद ! बिचरा निराैला ऐले, किन फाेकटाँ सल्ला दे हुम्ला भनेर खप्पराँ हात लाएर रुनु न हाँस्नु भा छन । के गर्ने हिजाेका सरकारलाई सल्ला दिन बानि पर्या मान्छे याे सरकारलाई नि जावस न त भनेरै हाेला बिचराले सामाजिक सन्जालाँ कथा लेखेर भ्याउँदा नभ्याउँदै सरुवा भएछि बल्ल था पाएकि याे वलि ,प्रचण्ड र देउबाकाे सरकार हैन कि बालेनकाे सरकार हाे भनेर । जब सरकारले सरकारी कर्मचारीकाे सल्ला चाईँदैन हामी आफ्नाे सहयाेगकाे लागि आफ्नै सल्ाहकार समिति बनाउँछम् भनेर चाईँदाे र पुग्दाे मात्राँ सल्लाहकार समिति बनाएर मन्त्रीहरु रात दिन काममा जुटिराछन त ! अनि कामकाे जिम्मेवारी पाका कर्मचारी खुरुक्कअफिस जाने आफ्नो दैनिक काम गर्ने बस्ने हैन र? याे सरकार हिजाेकाे छाडा र जल्लाई जे मन लायाे त्याे गर्न दिने सरकार हैननि । त्यसैले निराैला सर टिम्मुरेमानि बुभ्दि पुर्याएर काम गर्नु हाेलानि । ऐलेसम्म रसुवामा उध्दारकाे कामका लागि सरकारले उध्दार टाेलि नपठाकाे भने ठूलाे किराेध आईराछ । सामाजिक सन्जालाँ आका कुरा अनुसार रसुवामा पुरानै दलले चुनाब जितेकाे र त्याँ रास्वपाका नेतै नभा हुनाले सरकारले बाढि पिडितका लागि उध्दारकाे कामै नगरेकाे भन्ने हल्लाछ । त्यस्ताे अबस्थाँ फेरि सरुवा गर्याँ ठाँ पुगेर लाै ह्याँ त उध्दार गर्ने सेनै छैन ,पुलिसै छैन भनेर सरकारकाे कानै फुट्नेगरि चिच्याउन नथाल्नु हाेलानि । रसुवामा सरकारले के गर्याछ त्याे हेर्नू हाेला बस्नु हाेला केही जिम्मेवारी दिए सके गर्नु हाेला नसके सरकारसित सल्लाह माग्नु हाेला सरकारले जे सल्लाह दिन्छ त्याे गर्नु हाेला । अन्यथा याे चाेटि त सरुवा मात्रै हुनु भाछ अर्काेचाेटि बर्खास्तै भएर रुँदै घर जानू पर्ला नि ! सम्पूर्ण कर्मचारी ज्युहरु तपाईंहरले नि हाेस गर्नाेस है सरकारकाे विरुद्धाँ कईँकतै केही नओकल्नाेस नत्र निराैलाकै जस्ताे हालत हाेला अनि बल्ल था पाउला मच्चिमच्ची घण्टीयाँ भाेट हाल्या । बरु सबैले भन बालेन सरकारकाे जयहाेस !

घुयँत्राे:‘सरकारको आलोचना गरे टिमुरे सरुवा’: निरौलाले पाए सामाजिक सञ्जाल पोस्टको ‘सरकारी उपहार’!

विपद्को शृङ्खला रोक्न पूर्वतयारीमा जोड : नेपालमा

घुयँत्राे:‘सरकारको आलोचना गरे टिमुरे सरुवा’: निरौलाले पाए सामाजिक सञ्जाल पोस्टको ‘सरकारी उपहार’!

रसुवा बाढीपीडितका लागि वीरेन्द्रनगर बचत तथा ऋण

Leave a comment

Your email address will not be published. Required fields are marked *