घुयँत्राे:काण्डैकाण्डको कमिनिष्ट यात्रा : देश खोक्रो, नेता मालामाल!

याे देशका खास भष्टाचारी भनेकै कमिनिष्ट नेता हुन । जब जब कमिनिष्ट नेताहरु सत्तामा आए तब तब कर्मचारी संगठन भित्र याैटा जागिरे दलाल ग्रुप खडा गरेर खुलेआम भष्टाचारकाे जगबसाले र त्यसमा आँफुपनि डुबे अनि कर्मचारी लाई पनि डुबाए । खासगरि माधब नेपाल र वलि त भष्टाचारमा यसरी लिप्त भएकि जसका काण्ड जग्गा दलालिदेखि आैषधि दलालि हुँदै अनेकन काण्डैकाण्डमा चिरपरिचित छन । पैले पैले भष्टाचाराँ चलसम्पति मात्रै लिने गरेका नेताहरु पछि गएर त खुलेआम अचल सम्पति जग्गाजमिन पनि हत्याउने गरेका घटना तपाँ हामीबाट लुकेका छैनन् । जेनजी आन्दोलनमा भक्तपुर बालकाेटकाे आफ्नाे घरमा जेनजीले आगलागि गरेछि गुण्डुमा बसाेबास सारेका वलिले आँफुलाई घर बनाई दिने र घर उपहार दिने किरण थापालाई वाग्मती प्रदेशकाे मुख्यमन्त्री बनाएका छन भने अर्का कमिनिष्ट नेता प्रचण्डले त धेरै बर्ष अघिदेखिनै अधिकारी थरका ठेकेदारले घर उपलब्ध गराएछि उनकै घरमा बस्दै आईरहेका छन भने आफू सत्तामा हुँदा ती ठेकेदारलाई कति सहयाेग गरे भन्ने कुरा ऐले प्रचण्ड सत्ताच्युत भएकाे समय बितेसँगै मानिसहरुले बिर्सि पनि सकेका छन । खुलेआम भष्टाचारमा मायुर वलिले त यतिसम्म गरेकि उनका नाममा आएको साढे ३ कराेडकाे बेरुजु पाटिकाे खाताबाट निकालेर तिरे । तर त्याे बेरुजु रकम पाटिकाे खाताबाट निकालेर तिर्नकालागि पाटिकाे बैठककाे समेत आबस्यकता ठानेन् । पाटिमा जम्मा भएकाे रकम पनि आफ्नै खाताकाे जसरि खर्च गर्दानि एमाले कार्यकर्ताहरुले भने कहिँ कतै चुईँक्कसम्म गरेनन् भनेपछि कमिनिष्टहरु सबैकाे चरित्र याैटै हुँदाेरैछ चाहे विष्णु पाैडेल हुन वा शंकर पाेखरेल या हुन केपि शर्मा वलि । देश र जनताकाे चिन्ता भन्दानि आफ्नो ब्यक्तिगत र पारिवारिक सम्पन्नताका लागि राजनीति गरेका कमिनिष्टहरु संसारका अरु मुलुकमा हराउँदै गर्दा नेपालमा उनिहरु जसरि सत्तामा पुगे र साढे तीन दशककाे अबधिमा देशलाई तन्नम र खाेक्राे बनाए यसले अब नेपालमा पनि कमिनिष्टहरुकाे खैरियत छैन भन्ने कुरा उनले पनि बुझि सकेका छन भने अब त नेपाली जनताले पनि बुझि सके हाेलान । नेपालकाे जेनजी आन्दोलन भन्दा अघिसम्म जसरि कमिनिष्टहरुले अनेक तरहले अर्थात गठबन्धन गरेर हुन्छ कि सानाेतिना भाग दिएर हुन्छ कि ,धम्कि र त्रासले हुन्छ सत्ताकाे खेलमा अरुलाई पर्न दिएनन् । यतिसम्मकि देशकाे पैलाे पाटि काँग्रेसका देउबालाई समेत लटपट्याएर देशका दुईवटै कमिनिष्ट पाटिहरु पालै पालाे सत्तामा गएर र अन्तत कमिनिष्टहरुकै खेलमा लाग्दा नेपालकाे एकमात्र प्रजातान्त्रिक पाटि काँग्रेस नि कमिनिष्टहरुकै सति गयाे । जेनजी विद्राेहले सत्तारुढ पाटि एमाले र काँग्रेस दुबै सधैका लागि अस्ताउने अबस्थामा मात्रै हैनकि आम निर्वाचन बाटै जनताबाट अस्विकृत भयाे । पुराना पाटिहरुकाे पतनसितै नयाँ रुपमा उब्जिएकाे रास्वपा पाटिलाई जनताले दुईतिहाईकाे मत दिएर सत्तामा पुर्याएसितै कैकालै संसारबाट पतन भएकाे कमिनिष्ट पाटि अब नेपालबाट पनि अस्ताउने निश्चित छ भने यिनिहरुकाे अन्त्यसितै देशबाट नि भष्टाचारकाे अन्त्य हुने कुरामा नेपाली जनता विश्वस्त छन । कमिनिष्टहरुकाे केही दिनकाे चुरीफुरी देखिए पनि सरकारले भष्टाचारीहरुलाई छानिछानि तहलाउन सक्याेभने देशले फडकाे मार्न सक्छ । घण्टीहरुमा चेतना भया !




