जनहितकारी साकोसको एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न

सुर्खेत, ७ भदौ।

जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेतको शिक्षा उपसमितिको आयोजनामा नयाँ तथा पुराना शेयर सदस्यहरूलाई लक्षित गरी एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष नवराज कंडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमको ब्यानर वाचन गरी गरिएको थियो। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण रावल, नायव प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगी तथा आन्तरिक लेखापरीक्षक हिमलाल गौतम अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा संस्थाका सदस्य सेवा तथा तालिम विभाग प्रमुख प्रेम आचार्यले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँले सहकारीको परिचय, सहकारीका सात सिद्धान्त, संस्थाको विगत र वर्तमान अवस्था, संस्थाले हालसम्म प्राप्त गरेका पुरस्कार तथा सम्मान, जनहितकारी साकोसको मुख्य आर्थिक विवरण, संस्थाको आवद्धता, परिकल्पना, ध्येय, नीति तथा कार्यविधिहरूका बारेमा विस्तृत जानकारी दिनुभएको थियो। त्यसैगरी, उहाँले सदस्य बनेपछिका फाइदाहरू, बचतको परिभाषा र प्रकारहरू, बचतका सात सुनौला बानी, ऋण लिनुपूर्व ध्यान दिनुपर्ने विषयहरू, सम्भावित चुनौतीहरूको पहिचान तथा संरक्षित पुँजी फिर्ता कोषलगायत विषयमा सहभागी सदस्यहरूलाई प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा सुचना प्रविधि सहायक रेखा सिंहले प्रविधिको परिचय र आवश्यकता, संस्थाले प्रदान गर्दै आएका प्रविधिमैत्री सेवाहरू, एसएमएस सेवा तथा मोबाइल बैंकिङसम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँले SMS Service Mobile Banking Service बीचको फरक, मोबाइल बैंकिङमार्फत गर्न सकिने विभिन्न कार्यहरू तथा मोबाइल एप्स प्रयोग गर्दा अपनाउनुपर्ने आवश्यक सावधानीका विषयमा समेत सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

सहकारी शिक्षा शिविरमा नयाँ तथा पुराना गरी ७८ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सहकारीको सिद्धान्त, संस्थाको सेवा, बचत तथा ऋण व्यवस्थापन र आधुनिक प्रविधिमार्फत उपलब्ध बैंकिङ सेवासम्बन्धी उपयोगी जानकारी प्राप्त गरेका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगीले गर्नुभएको थियो। कार्यक्रमले नयाँ सदस्यहरूलाई संस्थाको उद्देश्य, सिद्धान्त, सेवा तथा सुविधाबारे जानकारी गराउनुका साथै पुराना सदस्यहरूको सहकारीसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको संस्थाले जनाएको छ। 

 

जनहितकारी साकोसको एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न

सुन्दर नेपाल संस्थाको ३०औँ साधारणसभा सम्पन्न, तीन

जनहितकारी साकोसको एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न

‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *