दाङ राजधानीमा असहमति जनाउँदै समितिका संयोजक श्रेष्ठले राजीनामा

बुटवल, १९ असोज ।

प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्तावले सत्तारूढ नेपाल कम्युनिष्टमा तीव्र असन्तुष्टि देखिएको छ। सोमबार प्रदेश सभाले प्रदेशको नाम र राजधानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। प्रदेश सभा बैठक १२ बजेका लागि डाकिएको छ।

सांसदहरू नै विभाजित भएपछि आज बिहान ७ बजे बोलाइएको नेकपाको संसदीय दलको बैठक अहिलेसम्म सुरू हुन सकेको छैन। सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन्।

बुटवल २ (क) बाट निर्वाचित श्रेष्ठ एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन्। उनले सुरूदेखि नै बुटवललाई राजधानी बनाउनु पर्ने लबिङ गर्दै आएका छन्।

सेतोपाटीबाट साभार

दाङ राजधानीमा असहमति जनाउँदै समितिका संयोजक श्रेष्ठले राजीनामा

Yoga and Meditation

दाङ राजधानीमा असहमति जनाउँदै समितिका संयोजक श्रेष्ठले राजीनामा

आईपीएल खेलमा आज दिल्ली र बैंगलोर भिड्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds