घुयँत्राे:”शिक्षा सुधारको पहिलो सफलता: ‘कपाल काट’ भन्नै नपाइने!”

आज नेपालाँ साढे ३ मैना अघि जन्म्या बालेन सरकारले ल्या शिक्षा नियमावलिकाे कुरा गरम् है त । सत्ता बाईर हुँदा जतिसुकै निशुल्क शिक्षा र नपजि स्कुल बन्दकाे चर्काे नारा लाएनि निशुल्क शिक्षा र निजि स्कुल बन्द गर्ने कुराँ सरकारले हात खडा गरिसक्याे त्याे सबै अभिभावकले था पाउनु भा कै हाेला । निशुल्क शिक्षा र निजि विद्षालय बन्द गर्न नसक्ने भएछि अभिभाबककाे ध्यान अन्तै केन्द्रित गर्न भनाैँ या ” नाैलाे गाईलाई नाै पुला घाँस ” भन्याझैँ के के नै गर्छन कि त भनेझैँ गरे तर शैक्षिक शत्र शुरु गर्ने र नतिजा निश्चित समयाँ निकाल्ने बहानाँ निशुल्क शिक्षा र बाेडिङ स्कुल बन्द गर्ने अडानबाट सरकारले हात झिक्याे । सायद था भए हाेला अरुलाई भन्न सजिलाेछ आँफुले गर्न गाह्राे छ । यति भएछि जनता आँखा छाराे हाल्न भएनि क्यै नक्यै त गर्नै पर्याे नत्र जनताले धारेहात लाउन शुरु गर्छन भनेर फेरि शिक्षा नियमावलि संसाेधन गरेर साथिहरकाे दिमागाँ क्या गजबकाे कुराे फुराएछन भने जुन कुराे सुन्दा केई मान्छे त मरिमरि हाँसेछन भने केहिले त साँच्चै याे ” विद्यार्थीलाई कपाल फाल्न भनेर भन्न नपाईने” भन्ने कुरा नियमावलियाँ राख्ने कुरा शिक्षा मन्त्रीकै दिमागाँ फुर्या त हाेला भनेर मन्त्रीलाई उडाउँदै छन त हँ ? नियमावलियाँ राख्या याे कुराे भनेअनुसार लागू गराउन कत्तिको सक्छन कुन्नि तर याे ” कपाल काट ” भन्न नपाईने र व्यवस्थापन समितियाँ राजनितीक दलकाे टिकट लेकाे मान्छेलाई समितियाँ ल्याउन नपाई ने जुन कुरा शिक्षा नियमावलियाँ ब्यवस्था गर्या छन त्याे चाईँ मलाई नि चित्त बुझ्याछ है । विद्यार्थी जाे सँधै नुहाई धुवाई गर्छ , स्माट बनेर हिँडछ शैक्षिक अनुशासनाँनि अब्बल छ अनि त्यसलाई कपाल काटेर आईज भनेर उल्लाई दवाब किन दिने उसलाई त्याे कपाल पाल्न मन लानि हुन सक्छ ! तर, ऐलेका केही स्कुलहरु विद्यार्थीलाई जबरजस्ती हप्तै पिच्छे कपाल काटन लाउने र अभिभावकलाई अनाहकाँ आर्थिक बाेझ बाेकाउन लागि पर्या देखिन्छन । त्य#सैले याे अनिवार्य कपाल काटन लाउनेकाे त म नि विराेधि छु है मान्छे सान र पर्सनालिटि भनेकै त्यै कपालाँ हुन्छ अनि जबरजस्ति कपाल काटन लाएर मुडुल्लै भएर हिँडनु पर्दा कम्ता दिक्क लाग्छ ।त्यसैले शिक्षा मन्त्रीलाई अभिभावक न विद्यार्थी सबैले धन्यवाद नदि रहनसक्दैनन । कपाल पाल्न शाेख भएका म जस्ता विद्यार्थीका लागि त याे ” ढुङ्गा खाेज्दा देउतै मिल्या” जस्ताे भएन र ? भयाे है त ! जे हाेस हाम्राे सरकारले शिक्षा निशुल्क गराउन नसक्ला तर , यै हप्ताकाे एक पटक कपाल कटाउन लगाउने सरहरुकाँ शिक्षा नियमावलिले गर्या याे ब्यवस्था पुग्याे भने सरहरले कपाल काटन जवरजस्ति गराएनन र मैनाकाे आठै सय बचाईदे भनेनि निशुल्क शिक्षा जस्तै त भाे नि हैन र ? अनि त याे सरकारले निशुल्क शिक्षा बनाएकाे भएन त ! अभिभाबक ज्युहरु अब तपाईंहरले कपाल काटदा तिर्नु पर्ने पैशा सरकारले बचाईदेछि त्यै पैशा स्कुलाँ तिर्नु परेनि तपाईंहरलाई बाेझ त परेननि ! त्यसैले तपाईंहरकाे सरकारले जे गर्छ राम्रै गर्छ के चिन्ता नगर्नाेस । बालेन सरकारकि जयहाेस ! शिक्षा नियमावलि जिन्दावाद ! शिक्षामन्त्रीकाे चाहना पूरा हाेस !
” बिरसिक्का”

Leave a comment

Your email address will not be published. Required fields are marked *