डोल्पाको जगदुल्लाको गैरिगाउमा मध्यराति आएको बाडीले एक जनाको मृत्यु ६ जना घाईते ।

डोल्पा ,२१ असार ।

डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
लगातारको वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढीले आइतबार बिहान करिब ३ बजे गाउँमा पस्दा स्थानीय अन्दाजी ५६ बर्षकी आनन्दी विककाे मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीका अनुसार बाढीमा घाइते भएकी आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको हो।
उक्त बाढीमा परि घाइते हुनेमा अन्दाजी बर्ष ५० की चाउरी विक, बर्ष ४४ कि रेउली विक ,बर्ष ४८ काे विष्णु विक , बर्ष १५ कि निरुता विक , बर्ष १३ कि सीता विक  र बर्ष ६५ का जस विक रहेका छन्। उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर  गरिएको छ।
घटनाका प्रत्यक्षदर्शीसमेत रहेका घाइते विष्णु विकका अनुसार बाढीले आफूहरूलाई करिब १५–१६ मिटरसम्म बगाएको थियो, जसका कारण ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।
प्रारम्भिक विवरणअनुसार बाढीले सहकारी भवन, खाद्य गोदामसहित करिब ७–८ घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार केही अन्य घरमा पनि क्षति पुगेको हुन सक्ने भएकाले विस्तृत विवरण संकलन भइरहेको छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।
प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जनाको टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

डोल्पाको जगदुल्लाको गैरिगाउमा मध्यराति आएको बाडीले एक जनाको मृत्यु ६ जना घाईते ।

बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला

डोल्पाको जगदुल्लाको गैरिगाउमा मध्यराति आएको बाडीले एक जनाको मृत्यु ६ जना घाईते ।

सरकारको १०० दिन :  सुशासन, पारदर्शिता र

Leave a comment

Your email address will not be published. Required fields are marked *