कर्णाली कप क्रिकेटको उपाधीका  लागि सुर्खेत र सल्यान भिड्ने

सुर्खेत, १८ असार ।

सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेशस्तरीय कर्णाली कप टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुर्खेत र सल्यान भिड्ने भएका छन् । बुधबार भएका सेमिफाइनलमा सुर्खेतले कालिकोटलाइ र सल्यानले रूकुम पश्चिमलाइ हराउँदै विहीबारको उपाधि भीडन्त पक्का गरेका हुन् । फाइनल यात्रा तय गर्ने क्रममा सुर्खेतले कालिकोटमाथि एक सय १३ रनको शानदार जीत निकाल्यो भने सल्यानले रूकुम पश्चिममाथि ६९ रनको सहज जीत आत्मसाथ गर्यो ।

वीरेन्द्रनगर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुर्खेतले सुधारिएको प्रदशर्न गर्ने क्रममा आक्रामक ब्याटिङ र घातक बलिङको गर्दै २० ओभरमा तीन विकेट सुरक्षित राख्दै एक सय ८७ रनको चुनौतिपूर्ण स्कोर खडा गर्यो ।

सुर्खेतको जीतमा निश्चल रावल र आभाष शाहको अर्धशतकीय पारि महत्वपूर्ण बन्यो । निश्चलले विष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ५ चैका र चार छक्कासहित ५९ रन बनाए । तीव्र रन बनाउने क्रममा आभाषलेपनि ३१ बलको सामना गर्दै ८ चौका र एक छक्कासहित ५१ रन जोडे । सुर्खेतका प्रकाश जैसीले २६ रन बटुल्दा कप्तान मनीष थापाले २३ रन बनाए ।

कालिकोटका लागि रमेश सिम्खडा र नवीन न्यौपानेले समान २–२ विकेट लिए । एक सय ८८ रनको लक्ष्य पछ्याएको कालिकोटको सुरुआत नै कमजोर रह्यो । टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै ११.५ ओभरमा ७४ रनमै अलआउट भयो । कालिकोटका रोशन शाहीले सर्वाधिक १२ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

सुर्खेतको जीतमा कैलाश खड्का खेलका नायक बने । उनले केवल ३.५ ओभरमा १३ रन खर्चेर सात विकेट लिँदै कालिकोटको ब्याटिङ लाइनअप ध्वस्त पारे । यसैगरी कालुङचोक मैदानमा टस हारेपनि पहिला ब्याटिंङ गरेको सल्यानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७३ योगफल बनायो ।

रूकुमका बलरविरूद्ध एक्लै हावी देखिएका दीपेन्द्र रावतले ५२ बलमा सात चाौका र दुई छक्काको मद्दतमा ७३ रन जोडेर जीतका लागि बलियो जग बसाले । यस्तै, दीवान पुनले २७ रन जोड्दा मोहन केसी र सूर्य सुनारले समान १७–१७ रन बटुले भने बलिङतर्फ रूकुम पश्चिमका प्रतिक गिरीले पाँच विकेट आफ्नो नाममा लेखाए । सल्यानले १९ रन अतिरिक्त पायो ।

एक सय ७४ को लक्ष्य पछ्याएको रूकुम ९४ रनमा प्याकअप भयो । जम्मा पाँच रन अतिरिक्त दिने गरी अनुशासित बलिङ गरेको सल्यानका लागि चन्द्र बीसी, दिवान पुन र सन्दिप गन्दर्भले समान २–२ विकेट लिए । फाइनल खेल विहीबार विहान साढे सात बजे वीरेन्द्रनगर मैदानमा हुने आयोजक कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिए ।

कर्णाली कप क्रिकेटको उपाधीका   लागि सुर्खेत र सल्यान भिड्ने

हुम्लाको स्याँडामा गाडी

कर्णाली कप क्रिकेटको उपाधीका   लागि सुर्खेत र सल्यान भिड्ने

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता आजबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *