कर्णाली सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

सुर्खेत,२२ जेठ ।
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेश सरकारले जेठ २० गते प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शुक्रबार बसेको प्रदेश सभा बैठकबाट सर्वसम्मत रूपमा पारित भएको हो। सभामुख नन्दा गुरुङले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरिन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि क्षेत्रको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत उत्पादन र रोजगारी वृद्धिलाई केन्द्रमा राख्दै आर्थिक तथा सामाजिक विकासका विभिन्न योजना अघि सारेको जनाएको छ । साथै, प्रदेशको समग्र विकास, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकतामा समेटिएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै अब प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्रता दिने भएको छ । कर्णाली प्रदेश सरकार आगामी असार १ गते आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नेपालगञ्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

Leave a comment

Your email address will not be published. Required fields are marked *