पृथ्वी बहादुर सिंह/सुर्खेत
बुवा खड्क सिंह आमा जयपुरा सिंह जेठी पट्टीका तीन भाई एक बहिनी मध्येका कान्छाछोरा पहिले थालारैकर गाउँ पञ्चायत वडा नं. ४ हाल शिवालय गाउँपालिका, वडा नं. ५ थाला जाजरकोट तत्कालिन कार्कीगाउँ पञ्चायत जाजरकोटबाट माइतीका छोरा नभएपछि अपुतालीको सम्पत्ति खाना बस्ती गएका बाबु आमाबाट वि.सं. १९९२ साल जेष्ठ ७ गते आइतबार जन्मेका हुन् चक्रु सिंह ठकुरी त्यो समय प्राय मुखिया जिमुवालका छोरा गुरुकुल शिक्षा कहिँकतै गाउँमा साक्षर गराउने त्यो अवसर चक्रु सिंहले पाएनन् । ५ वर्षको हुँदा आमाको मृत्यु, बुवा आप्mनो बस्ती कार्की गाउँ पञ्चायत हालको छेडागाड नगरपालिका वडा नं. १२ कार्की गाउँ जाजरकोट फर्कि आएपछि मावली बज्यैले १० वर्षसम्म हुर्काएकी थिइन् । त्यो उमेरमा उनीले गाई भैंसी बाख्रा गोठाला जाने गरेका थिए । त्यो उमेर पनि अपुताली सम्पत्ति भएकोले अपुताली खाना पल्केका मावली पुरुष महिलाहरुले हेलो होचो गरी टोक्या भनि पिट्ने तड्पन पाएका थिए । त्यो तड्पनपछि त्यो मावली गाउँ थाला छोडी बाबुसँग कार्की गाउँमा आएका थिए । आमा अपुताली सम्पति उपयोग गर्न थालागाउँ उनका दाजु ठूलो पहेलु सिंह गएका थिए । उनी भने बाबुले अर्को विवाह नगरेपछि वस्तुभाउ हेर्नु खेतीपाती बुवालाई सघाउने कार्यमा उमेर लप्का हुँदासम्म लागेका थिए । आफ्नो आमाको मृत्युपछि बुवाले लामो सयम अर्को विवाह नगरेपछि घर व्यवहार खेतीपाती कार्य सबै बाबु छोराले गर्नु पर्दा बुवाको विवाह गरेपछि काम सघाऊ पुग्ने छ भनी कार्की गाउँ पञ्चायत थानाबार प्रधानपञ्च करवीर खत्रीसँग कुरा राखी चक्रु सिंहले राखेपछि तिम्रा बुवालाई पठाउनु भनेपछि पठाएर विछोड पत्र गरी बसेकी ददे खत्रीकी छोरी कान्छी आमा बनाएर विवाह गराएका थिए । कान्छी आमाबाट एक भाई बहिनीको जन्म भएको थियो ।
उनीले पनि उही जातीय थर मात्र विवाह गर्ने सामाजिक संस्कार हुँदा थालारैकर जाजरकोट मावली ठकुरी धन बहादुर शाहीकी तीन भाई ती बहिनी मध्ये माईली धुवी शाही सिंहसँग १८ वर्षको उमेर हुँदा प्रेम विवाह गरेका थिए । पहिलो विवाह श्रीमतीबाट ७ छोरा, १ छोरी जन्मिएपछि त्यही थलादराकी नैनसरा शाहीसँग प्रेम विवाह दोस्रो गरेका हुन् । उनीबाट पनि ७ छोरा ४ बहिनी छोरी जन्मिए । तेस्रो प्रेम विवाह कालीका शाहीसँग हालको छेडागाड न.पा. वडावन गाउँ जाजरकोटकी सँग गर्न पुगे । तेस्रो श्रीमतिबाट एक छोरी जन्माउन पुगे । सबै छोराछोरी हुर्काउन कृषि पशुपालनमा खर्चेका सिंह जीवनको पछिल्लो समय कार्की गाउँबाट बस्ती सरेर हालको शिवालय मुर्कबजार जाजरकोटमा होटल, कपडा पसल सञ्चालन गरी परिवार हुर्काउन पुगेका थिए । छोराछोरी जुम्ला हुँदै बाँके, जाजरकोटसम्म वैवाहिक सम्बन्ध देखि बस्ती बसाउन पुगेका छन् । हाल बाँके जेठो छोरा खजुरा गाउँपालिका बस्ती गएकोले जेठी श्रीमती उतै बस्छीन् । माइली श्रीमतिबाट जेठा छोरा छेडागाड न.पा. वडा नं. १२ माथिल्लो खोरबारेमा बाख्रा फर्म सञ्चालन गरेका छन् । माइलीबाटको काइलो लाल बहादुर सिंह नेपाली प्रहरी असई कार्यरत छन् । उनले वीरेन्द्रनगर नगरपालिका वडा नं. १० बाट बस्ती सरेर घर हालेका छन् । उनी ९१ वर्षे जीवनमा अम्मलको बेलुका लोकल मदिरा, थोरै धुम्रपान समेत गर्दै छोराछोरीहरु बाँचेकासँग घुम्ती यात्रा गर्दै सुखदुृख बृद्धभत्ता खाँदै खुशीसँग सुखी जीवन बिताईरहेका छन् ।
उनी भन्छन्, जीवनमा सँधै सत्यको पछाडी लाग्ने झुटकुरा नगर्ने, अन्यायको विरोध गर्ने, असाह्रय दीनदुखीलाई सहयोग गर्ने, नेपालको राजनीति सँधै फोहोरको खेल भएको जस्तो लागेर कहिले पनि कुनै पदको लोभमा लागेनन् । पञ्चायतकालमा त्यही कार्की गाउँको जंगलमा बाघले पशुधन धेरै क्षति गर्दा गाउँलेको सल्लाहमा एकनाले बन्दुकले पाटे बाघ मार्दा २५ थान ठेटुवाको कपडा पगरी, १४० रुपैंया पुरस्कार पाए । त्यो पुरस्कारको १२ र ९ धार्नीका दुईवटा खसी काटी भोज भत्यार खुवाएका थिए ।
त्यस्तै माइली श्रीमतीबाटकी जेठी छोरी राधीका सिम्ता गाउँपालिका–२, सिंह परिवारसँग विवाह गरे पनि आफैं श्रम ऋण दाम गरी शिवालय गाउँपालिका वडा नं. १ मुर्कबजारमा आफैं बुवा जस्तै निडर सत्यको बाटो उभिँदै आर्शीवाद कपडा पसल छ । राधीका होटल छ । निजी समावेशी मेडिकल समेत केही वर्ष चलाएर बन्द गरेका हुन् । उनी कक्षा–८ पास गरी वैवाहिक व्यापारिक जीवन बिताउँदै २०७४ मा एसएलसी, २०८१ मा कक्षा–११ र २०८२ मा कक्षा–१२ उत्तीर्ण गरेकी छिन् । आफ्नो श्रमबाट आफ्ना दुवै छोरा उच्च शिक्षा अध्ययन गराउन काठमाण्डौ पठाएकी छिन् ।
आफ्ना बुवा चक्रु सिंहले जस्तै मावलीको अपुतालीमा र्याल नचुहाएर आफ्नै श्रमबाट जीवन चलाउन सिकेको बताउँदै सँधै सत्यपालन झुटको खेती गर्ने विरुद्ध उभिन सिकेको बताउँछिन् । वयोबृद्ध सिंह भन्छन, २०४६ सालको प्रथम जनआन्दोलन, २०५२ को १० वर्षे जनयुद्ध, २०६२/०६३ को संयुक्त दोस्रो जनआन्दोलनले लोकतान्त्रिक शक्ति विकेन्द्रीकरण व्यवस्था जनताको बलले संसारमा हाल चलेको उत्तम व्यवस्था मानिने स्थापित हुन गयो । तर बहुदलीय पार्टी नेतृत्वमा सामन्ती संस्कारको अन्त्य नहुँदा राज्य शासन असभ्य हुन पुग्ने, विभिन्न प्रकारले भ्रष्टाचार व्यतिथि हुँदा ३६ वर्षे कमाउ धन्दा विरुद्ध २०८२ भाद्रा २३ र २४ गते जेन्जी आन्दोलन उठ्दा कलिला जेन्जी माथि राज्यको तर्फबाट हत्या हिंसामा उत्रिदा २४ गते जेन्जीहरु उठेर सार्वजनिक भवनहरुदेखि प्रदेश, स्थानीय तहका भवन, कार्यालयदेखि व्यक्तिका घरहरु जलाएर नेपालका कहिले नभएको ठूलो जनधनको क्षति भयो ।
प्रजातान्त्रिक पक्षीय भएर समाजवाद साम्यवादको नारा दिएर मात्र हुँदोरहेनछ । सत्ता प्राप्तीपछि उही सामन्ती राज्य व्यवस्था सञ्चालन रहँदा २०८२ फागुण २१ गतेको संसदीय निर्वाचनमा जनमतले ती पार्टीहरुलाई हराएर ख्याउटे बनाइदिएका छन् । नयाँ युग जेन्जीवादीलाई अत्यधिक मत दिएर संसदमा बिजयी बनाएका छन् । यी जेन्जी सरकारले पनि सुशासन चलाउन जानेनन् र सामन्ती संस्कार यथावत राखेर विदेशी कुटनैतिक सम्बन्ध सुमधुर राख्न जानेनन् भने अर्को ठूलो विद्रोह नहोला भन्न सकिन्न भनि दुर सन्देश दिएका छ बृद्ध चक्रु सिंहले ।