सुर्खेत–दैलेख प्रसारण लाइनको काम तीव्र

सुर्खेत, १३ बैशाख ।

बाँके कोहलपुरदेखि सुर्खेत हुँदै दैलेखको चुप्रासम्म विस्तार हुने १३२ केभी प्रसारण लाइन आयोजनाको काम तीव्र रूपमा अघि बढाइएको छ । पछिल्लो समय आयोजना अन्तर्गत दैलेखका विभिन्न क्षेत्रमा टावर निर्माण कार्य धमाधम भइरहेको हो । सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म कुल १०१ वटा टावरमध्ये हालसम्म७० वटा टावरको फाउन्डेसन निर्माण भइरहेको छ ।

जसमा २५ वटा टावर पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको कोहलपुर सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्रशासन प्रमुख युवराज विष्टले बताए ।

उनले दैलेख क्षेत्रमा रूख कटानसम्बन्धी निर्णय नेपाल सरकार मन्त्रीपरिषद्ले चाँडै निर्णय गरि दिए बाँकी काम समयमै सकिने अपेक्षा गरिएको जनाए । पछिल्लो समय स्थानीय विवाद समाधान हुँदै जाँदा सुर्खेत क्षेत्रमा जग्गा प्राप्तिका लागी काम सुरु भएको छ भने सुर्खेत, दैलेखतर्फ करिब ५० प्रतिशत  काम सम्पन्न भएको जनाइएको छ ।

दैलेखमा १०१ वटा टावर निर्माणका लागि ४६ जना स्थानीयको छ हजार ९०२ वर्गमिटर जग्गा अधिग्रहणको जग्गा प्राप्तिको कार्यसम्पन्न गरिएको छ । कर्णालीका विभिन्न जिल्लामा हिउँदमा लो भोल्टेज र जेठ तथा बर्खायाममा हावाहुरी र वर्षाको कारण विद्युत् संरचनामा क्षति पुग्दा उपभोक्ताले गुणस्तरीय विद्युत् सेवा पाउनसकेका छैनन् ।

उक्त समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले यो प्रसारण लाइनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । पुराना तथा जीर्ण पोल, प्राकृतिक विपत्‌का कारण हुने क्षतिले विद्युत् वितरण प्रणाली अव्यवस्थित भइरहेका बेला १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि कर्णालीवासीले गुणस्तरीयर भरपदो विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ ।

सुर्खेत–दैलेख प्रसारण लाइनको काम तीव्र

तिलागुफालाई धुवाँमुक्त बनाउन ‘एक घर, एक सुधारिएको

Leave a comment

Your email address will not be published. Required fields are marked *