असोज १ गतेदेखि हवाइ र लामो दूरीका सवारी सञ्चालन

काठमाडौं, ३० भदौं ।
सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

लामो दूरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्न दिने निर्णय सरकारले गरेको छ । भाडा भने ५० प्रतिशत बढी लिन पाउने गरी निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्नेछ । सवारी साधन सञ्चालन सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने छ ।

असोज १ गतेदेखि हवाइ र लामो दूरीका सवारी सञ्चालन

डोल्पामा प्रदेश लेखा इकाई कार्यालय स्थापना

असोज १ गतेदेखि हवाइ र लामो दूरीका सवारी सञ्चालन

नेपाल बैंकर्स संघ कर्णाली संयोजक शाक्य, सहसंयोजक

Leave a comment

Your email address will not be published. Required fields are marked *