अमेरिका लाने भन्दै २ महिलालाई वेचविखन गर्ने पक्राउ

काठमाडौं, २४ भदौ ।

अमेरिका लैजाने प्रलोभन देखाई दुई जना महिलालाई मलेसिया हुदै फिलिपीन्स पुर्याई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका ७ बस्ने राधा कृष्ण महर्जनका छोरा बर्ष ३२ को रवि भन्ने रिकेश महर्जन र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका ९ बस्ने लक्ष्मण लामाको छोरी बर्ष २२ की कमला लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ति महिलालाई २०७६ साल श्रावणमा अमेरिका लैजाने भनि काठमाण्डौबाट मलेसिया हुंदै फिलिपीन्सको मनिला सम्म पुर्‍याई रकम समेत ४१ लाख ६० हजार नगद ठगी गरी शारिरीक तथा मानसिक यातना समेत दिई बन्धक बनाएको प्रहरीले जनाएको छ ।

पीडितहरुले आफू बेचबिखनमा परेकोले दोषी पक्राउ गरि कारबाही गरिपाँउ भनि मानब बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार जाहेरी दरखास्त दिएकोमा तत्काल मुद्दा दर्ता गरिएकोमा मानव वेचबिखन तथा ओसारपसार गत साउन २९ गते मुद्धा दर्ता समेत गरेको थियो ।

प्रहरीले भाद्र २२ र २३ गते आरोपितलाई पक्राउ गरी कारवाही अघि बढाएको जनाएको छ।

नेपालन्युजबाट साभार

अमेरिका लाने भन्दै २ महिलालाई वेचविखन गर्ने पक्राउ

६४९ स्थानीय तहमा तत्काल अस्पताल बनाउन मन्त्रालयको

अमेरिका लाने भन्दै २ महिलालाई वेचविखन गर्ने पक्राउ

मानव अधिकार सहायता कक्ष स्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *